हिँउमा फसेका आठै जनाकाे हेलिकप्टरद्दारा सकुशल उद्दार (फसेका नागरिककाे विवरणसहित)

जुम्ला । ताताेपानी गाउँपालिका वडा नं ४ काे बजेडी पाटनकाे हिउँमा फसेका आठै जनाकाे सकुशल उद्दार गरिएकाे छ । बजेडि पाटनकाे धप्के ओडारमा केही दिन यता अलपत्र परेका ताताेपानी वडा नं-७ र ८ का २ पुरुष र ६ जना महिला अलपत्र परेका थिए ।

जडिबुटि संकलनका लागि पाटन गएका उनीहरु बाक्लाे हिउँ जमेपछि पाटनमै फसेका हुन् । दुईदिन अघि सम्पर्कमा आएर कुनै समस्या नरहेकाे बताएपनि बुधबार विहानबाटै पुन सम्पर्क विहिन भएका थिए । पटक पटककाे सम्पर्कपछि खाधन्न सकिएकाे हाे र ७/८ फिट हिउँ जमेकाेले आउने स्थिति नभएकाे र स्वास्थ्यमा समस्या आएकाे भन्दै उद्दार गर्न माग गरेका थिए । त्यसपछि ताताेपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चाैलागाईकाे विशेष सक्रियता,जुम्लाका सबै सांसदकाे पहलपछि प्रदेशले हेलिकप्टर पठाएपछि सकुशल उद्दार गरिएकाे हाे ।

ताताेपानी-७ का वडाध्यक्ष तिलक रावतले पनि उद्दारका लागि सबै निकायसंग समन्वय गरेका थिए । हिउँमा फसेका आठै जनाकाे सकुशल उद्दार पछि ताताेपानी गाउँपालिका अध्यक्ष चाेैलागाईले खुसी व्यक्त गर्दै पहलकर्ता सबैलाइ धन्यबाद दिएका छन् । तीन पटक गरेर हेलिकप्टर मार्फत ताताेपानी-८ मुछालदेउका अत रावत,संसार थापा,दिपा रावत, गाेरी रावत,वडा नं ७ बारागाउँकी,हरिशाेभा रावत,शसिला रावत , गाेरी रावत र जगमती राेकाया सकुशल उद्दार गरिएकाे गाउँपालिका प्रवक्ता अमर बहादुर राेकायाले जानकारि दिए ।उद्दार गरि ल्याईएका सबैका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेकाे छ। जिल्ला प्रशासन जुम्लाले उद्दारका लागि हेलिकप्टर पठाउनमा गृह मन्त्रालयमा पत्र पठाएपछि प्रदेशले खर्च व्यहाेर्ने गरि हेलिकप्टर पठाईएकाे हाे ।

प्रकाशित मिति : २०८० फाल्गुन २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस