जिविकाे पार्जनका लागि पाटन उक्लेका जडिबुटी संकलक हिउमा फसेपछि उद्वार

जुम्ला- तातोपानी गाउँपालिका – ७ मुछालदेउ र बाँरागाँउका जिविकाे पार्जनका लागि बजेडी पाटनमा उक्लेका हिउमा फसेपछि नेपाली सेनाकाे हेलिकप्टर मार्फत उद्दार गरिएकाे छ ।
२८ वर्षिय अत रावत,  ४० वर्षिया दिपा रावत, ५७ वर्षिया गैरी रावत, ४० वर्षिया हरिशाेभा रावत, ५७ वर्षिया ससिला रावत, ४० वर्षिया जगमति राेकाया,  २७ वर्षिय संसार थापा र २७ वर्षिया गाेरी रावतकाे उद्वार गरिएकाे हाे ।
तातपानी गाउँपालिका– ७ बाँरागाउँ र मुछालदेउ गाउँका ६ जना महिलासहित दुई जना पुरुष गरी ८ जना पाटन हिउमा फसेकाे पालिका अध्यक्ष नन्दप्रसाद चाैलागाईले बताए । उनले भने निरन्तरकाे पहलपछि सबैलाई सकुसल उद्वार गर्न सफल भयाै ।
स्थानीय तहका जनप्रतिनिधि, प्रहरी प्रशासन, आन्तरिक मामिला मन्त्रालय, गृहमन्त्रालय, प्रदेश सांसद, नन्दावक्स गण जुम्लाकाे निरन्तर प्रयासपछि हिउमा फसेका नागरिककाे उद्वार भएकाे गाउँपालिका प्रवक्ता अमरबहादुर राेकायाले बताए ।

प्रकाशित मिति : २०८० फाल्गुन २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस