सिंजाकाे हिउँदे गाउँसभा: दुई वटा ऐन पारित,अर्धवार्षिक बजेट खर्च ३३ प्रतिशत

जुम्ला । जुम्लाकाे सिंजा गाउँपालिकाकाे १३ ओैँ हिउँदे गाउँसभा सम्पन्न भएकाे छ । अत्यावश्यक दुई वटा ऐन पारित गर्दै १३ ओैँ हिउँदे गाउँसभा सम्पन्न भएकाे हाे ।

अनाैपचारिक रुपमा निकै गहन छलफल पश्चात् गाउँसभाबाट दुई वटा ऐन पारित गरिएकाे सिंजा गाउँपालिका अध्यक्ष पुर्ण प्रसाद धितालले बताए । उनका अनुसार वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन-२०८०  र  खानेपानी सरसफाइ तथा स्वच्छता सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन-२०८० पारित गरिएकाे हाे।

सिंजाकाे प्राकृतिक स्राेत संरक्षण, पहिचान तथा सदुपयाेग गर्न र खानेपानी सरसफाईमा क्षेत्रमा अपेक्षित उपलब्धी हासिल गर्न पारित गरिएकाे ऐनले टेवा पुराउने अध्यक्ष धितालकाे भनाई छ ।

आबश्यक नीति निर्माणले दैनिक कार्य सम्पादनमा सहज हुने प्रमुख प्रशासकिय अधिकृत पवित्रा शाहीले बताईन् । उनले भनिन,’सिंजाले विकास निर्माणका काम दुर्त गतिमा बढेका छन् । संघ प्रदेशका याेजना पनि अघि बढाएकाे छ । विगतकाे तुलनामा सिंजाले सेवा प्रवाह र विकास निर्माणले गति लिएकाे छ ।’

सिंजाकाे अर्धबार्षिक बजेट खर्च चालू र पुँजीगततर्फ कुल विनियाेजित  ३९ करोड ९६ लाख ६२ हजार चार सय मध्य  चालुतर्फ ४० दशमलव ८ प्रतिशत र पुँजीगततर्फ १९ दशमलव ४४ प्रतिशत गरी समग्रमा अर्धवार्षिक बजेट खर्च ३३ दशमलव ९९ प्रतिशत बजेट खर्च भएको प्रमुख प्रशाकीय अधिकृत  शाहीले जानकारी दिईन् । 

सिंजा गाउँपालिका उपाध्यक्ष सितली राेकायाले भाैतिक विकाससंगै सिंजाले सामाजिक विकासमा पनि जाेड दिएकाे बताईन् ।

महिला केन्द्रित स्वास्थ्य शिविर,उधमशीलता विकास,क्षामता विकास,आयआर्जन लगायतका विभिन्न सशक्तिकरणका कार्यक्रम गर्दै आएकाे उपाध्यक्ष राेकायाले उल्लेख गरिन् ।

प्रकाशित मिति : २०८० फाल्गुन २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस