जुम्ला –जुम्लाको पातारासी गाउँपालिका – ५ तलिल्होर्प गाउँको पानीधारामा वडाको प्रशासनिक भवन निर्माण हुने भएको छ । ४० लाख बजेटमा एक तले ६ कोठे प्रशासनिक भवन निर्माण हुन थालेको हो ।
गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोरा, उपाध्यक्ष जनमाया रोकाया र वडाध्यक्ष दत्त वहादुर बुढाले आइतबार संयुक्त सिलान्यास गरेर भवन निर्माण कार्य थालनी गरिएको हो ।
वडाको भवन बनाउनको लागि तलिल्होर्पका स्थानीय रन्न बुढा, हरी वहादुर बुढा र मुन बहादुर बुढाले ८५० वर्गमिटर जग्गा निःशुल्क प्रदान गर्नु भएको अध्यक्ष बोहोराले बताए ।
वडाको प्रशासनिक भवन भनेपछि दैनिक प्रशासनिक काम गर्न सहज हुने र सेवाग्राहीलाई छिटो सेवा प्रदान गर्न सकिने प्रमुख प्रशासकिय अधिकृत लोकबहादुर रावलले बताए ।
प्रकाशित मिति : २०८० फाल्गुन २७ गते आइतवार



