कर्णाली पुलमा आगलागी

धनगढी — सोमबार अपरान्ह्र कैलालीको चिसापानीस्थित कर्णाली पुलमा आगलागी भएको छ ।

पुलको बर्दिया राष्ट्रिय निकुञ्जतर्फको राखिएको ट्रकमा आगलागी भएर पुलका तारहरुमा पनि आगो सल्किएको छ ।

घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको छ ।

स्रोत ः कान्तिपुर

प्रकाशित मिति : २०८० फाल्गुन २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस