स्वराेजगार बन्न रैथानेबालीको परिकार बनाउने सिप सिक्दै यूवा

सीप सिकेर आयआर्जन बृद्दिकाे आशा

जुम्ला । तातोपानी गाउँपालिका–३ का २३ वर्षीय प्रकाश सुनार आजभोली रैथाने बालीको परिकार बनाउने सिप सिक्नमै व्यस्थ छन् । उनलाई जुम्लामा उत्पादन हुने चिनो,कागुनो,मकै,कोदो पापर,आलु लगायतका अन्नबालीबाट थरीथरीका मिठा परिकार बनाउदैँ भ्याईनभ्याई छ ।

घरमा नियमित खाई रहने अन्नबालीबाट विभिन्न परिकार बनाउन सिके संगै आफ्नै व्यवसाय सुरु गरेपनि कुनै समस्या नरहेको प्रकाश बताउँछन् ।

उनी भन्छन,‘आलुबाटै धेरै थरी खाने कुरा बन्दो रहेछ । कोदो,फापरको पिठोबाट केक,पिजा बन्ने रैछ । अर्गानिक स्वाद आउने पर्यटक र उपभोक्तालाई चखाएमा आम्दानी मनग्य हुने सम्भावना पनि छ । आफ्नै व्यवसाय गरेपनि अथवा कतै होटमा काम गर्दा सिपले सघाउ पुराउने छ ।’

त्यस्तै प्राय चुलो चौकोमै सिमित हुने तिला गाउँपालिका–२ लर्मी गाउँकी कृष्णकली बुढा पनि रैथाने अन्नबालीको परिकार बनाउनमै व्यस्थ छन् । सिप सिकेर पहिलो आफ्नै होटल खोलेर सिपको प्रयोग गर्ने,पुँजीले नपुगे होटलमा काम गर्दा सहज हुने उनको अपेक्षा छ ।

‘गाउँमा पाईने अन्नबालीटै धेरै परिकार बन्ने रहेछ’,उनले भनिन,‘होटल व्यवसाय नखोलेपनि घरमा नियमित एउटै खाना खानु भन्दा त्यहि पिठो,आलुबाट पनि थरीथरीका परिकार बनाएर खुवाउन पाईने भयो । थोरै पुँजी जुटाउन सके सानो व्यवसाय गरेपनि कमाउने आधार बनेको छ । परिकार बनाउने तालिम लिन पाउन निकै खुसी छु ।’

प्रकाश सुनार र कृष्णकली बुढा मात्र हैन् जुम्लामा किर्डाकले संचालन गरेको कुक तालिममा जुम्लाका १० जना यूवा–यूवतीले रैथानेबालीको परिकार बनाउने सिप सिकिरहेका छन् । बेरोजगार भएर बसेका यूवालाई स्वरोजगार बनाउने उदेश्यले संचालित तालिममा विभिन्न देशबाट कुक तालिम लिएर फर्किएका चित्र बुढाले परिकार बनाउन सिकाई रहेका छन् ।

यूवाहरु व्यवसाय थालनी तथा आयआर्जन बृद्धिको लागि रैथानेबालीकै परिकार बनाउने सिप सिक्न थालेको प्रशिक्षक चित्र बहादुर बुढाले बताए । उनले भने,‘एक महिने तालिमको २० औँ दिन पार भई सकेको छ । १०÷१० दिनमा परिकार बनाएर अतिथिलाई टेष्ट गराउने गरेका छौ । २० दिनको अवधिमा आलुबाट बन्ने,चिप्स,विस्कुट,नम्कीन,पिठोबाट बन्ने केक,पिजा लगायतका परिकार बनाउन सिकाइएको छ । यूवाहरु निकै इच्छुक छन् । तालिम फलदायी बनेको छ ।’

तालिम सिकेर व्यवसाय संचालन गर्नुका साथै नभए अरुलाई सिकाएर पनि कमाउन सकिने अबस्था छ । जुम्ली रैथानेबालीको माग बढीरहेको अबस्थाका त्यसका परिकार बनाएर बजारमा पुराएको खण्डमा पर्यटकको आर्कषण् बढ्ने आशा छ ।

जुम्लामा थन्कीएर रहेको,बजारमा रहेको अन्नबालीको केहि परिकार बनाएर बजारमा ल्याउने र आम्दानी बृद्धिसंगै यूवालाई रोजगार संग जोड्न परिकार बनाउने तालिम संचालन गरिएको किर्डाक नेपाल जुम्लाका जिल्ला संयोजक दिपराज रावतले बताए ।

उनका अनुसार वल्र्ड भिजनको सहयोगमा किर्डाक द्धारा संचालित (राईच टु) परियोजना मार्फत कुक एक महिने कुक तालिम संचालन गरिएको हो ।

कुक संगै अटो वर्कसप,मोबाईल मर्मत,पलम्बीङ,हाउस वईरिङ,फर्निचर तथा सिकाईटको न्युनतम एक महिना देखि ४५ दिन सम्मको तालिम संचालन भईरहेको छ । सबै तालिमबाट करिब ८० जना यूवा युवती प्रत्यक्ष लाभान्वित छन् । सिप सिकेका यूवालाई व्यवसायसंग जोड्न बैंक वित्तिय तथा सहकारी क्षेत्र संग पनि सहकार्य भईरहेको छ ।
 

मंगबार तालिमको निरिक्षण र परिकारको स्वाद चाख्दै जिसस प्रमुख गौरीनन्द आर्चाय,प्रजिअ जय कुमार घिमिरेले स्वाद निकै मिठो भएको र सिकेको सिप व्यवहारमा लागनु गर्न सुझाब दिए । रैथानेबालीको परिकार बनारमा गएको खण्डमा उत्पादन बृद्धिमा पनि सघाउ पुग्ने जिसस प्रमुख आर्चायको अपेक्षा छ ।

प्रकाशित मिति : २०८० फाल्गुन २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस