जुम्ला । हिमा गाउँपालिका – १ आचार्यलिहीका महिलालाई सरुवा रोग सम्बन्धी स्वास्थ्य शिक्षा प्रदान गरिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा स्नातक तह अन्तर्गत बिपिएच दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीले सरुवा रोग सम्वन्धी स्वास्थ्य शिक्षा प्रदान गरेका हुन् ।

समुदायका महिलालाई क्षयरोग, एचआइभी एड्स, झाडापखाला जस्ता सरुवा र नसर्ने रोगका विषयमा स्वास्थ्य शिक्षा प्रदान गरेको हुन् । महिलालाई क्षयरोग, झाडापखाला, एचआइभी एड्स जस्ता रोगको परिचय, कारण, सङ्क्रमणको लक्षण र रोकथामका उपायबारेमा सचेतीकरण गरिएको हो ।
क्षयरोग, एचआईभी एड्स, झाडापखाला जस्ता अन्य थुप्रै सरुवा रोग सम्बन्धि र यसबाट भावी जीवनमा आउन सक्ने समस्याका बारेमा सचेतना मुलक स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन गरिएको अध्ययनरत विद्यार्थी दिलिप हरिजनले बताए । उनले भने, ’विकट गाउँला महिलालाई सरुवा तथा नसर्ने रोग सम्बन्धी र यसबाट अपनाउनु पर्ने सतर्कता सम्बन्धी सचेतीकरण गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो ।

कार्यक्रममा सहभागी एक महिलाले आफ्नो राय राख्दै भनेकी थिइन्, “हामी गाँउ घरमा मात्रै सीमित महिलालाई एचआइभी एड्स कसरी सर्छ भन्ने थाहा थिएन, हो कार्यक्रमको छलफल पछि सबै जानकारी भयो ।’
विद्यार्थीले शैक्षिक पाठ्यक्रम बमोजिम सञ्चालन गरेता भएपनि यसबाट समुदाय स्तरमा सिकाउने अवसर मिलेको बताएका छन् । सूर्यमान कुमाल, दिलीप प्रसाद हरिजन, शमसु जुहा, पूजा कर्ण, यशोदा पाण्डे, लीलावती तिमिल्सिना र मनिषा पौडेल गरी सात जना विद्यार्थीको समुहले सञ्चालन गरेको हो । कार्यक्रममा महिला ५८ जना र ३ जना पुरुष गरी ६१ जनाको सहभागिता रहेको थियो ।



