जुम्ला – राष्ट्रिय याेजना आयाेगकाे सदस्यमा डा. कुशेन्द्र महत नियुक्त भएका छन् । चन्दननाथ नगरपालिका – ७ जुम्लाका डा. महत आयाेगकाे सदस्यमा नियुक्त भएका हुन् ।
बिहिबार बसेकाे मन्त्रिपरिषदकाे बैठकले जुम्लाका महत सहित चार जनालाई राष्टि्य याेजना आयाेगकाे सदस्यमा नियुक्त गरेकाे छ । जुम्लाका महत यस अघि केपी ओली प्रधानमन्त्री हुँदा पनि आयाेगकाे सदस्यमा नियुक्त भएका थिए ।
सरकारले राष्ट्रिय योजना आयोगको रिक्त चार सदस्य पदमा प्राध्यापक संगीता सिंह, डा. कुशेन्द्र महत, प्राध्यापक शिवराज अधिकारी र डा. अरनिकोकुमार पाण्डेलाई नियुक्त गरेको निर्णय सरकारकी प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिईन् ।
प्रकाशित मिति : २०८० चैत्र ८ गते बिहिवार



