जुम्ला । दुर्गा प्रसाईले जुम्ला यतिबेला बिरामी परेको बताएका छन् । उनी जुम्ला पुगे लगत्तै एक भेटघाट कार्यक्रमका बीच यस्तो भनेका हुन । प्रसाईले आफू जुम्लाको स्याहार गर्न लागि आज जुम्ला आएको बताए ।
प्रसाईले नेपालगञ्ज-जुम्ला ‘सिक्स लेन’ को परिकल्पना गरेको समेत बताएका छन् । नेपालगन्ज देखि जुम्लासम्म सिक्स लेनको बाटो हुनुपर्ने मा जोड दिएका हुन् । प्रसाई आफूले जुम्ला – नेपालगन्जको बाटोको दूरी मात्र २ घण्टाको बाटो बनाउनुपर्ने परिकल्पना गरेको बताए ।
जुम्ला अत्याधिक बिरामी भएको र त्यसैको स्याहार गर्न आफू जुम्ला पुगेको बताए,उनले भने,’ मलाई अरु जिल्ला भन्दा यो ठाउँको माया लागेर आयो यदि व्यवस्था परिवर्तन भएन भने अझै बिरामी पर्ने छ ”यो ठाउँ निकै कमजोर छ । सबैभन्दा कमजोर जुन ठाउँ छ आफूले त्यै ठाउँको माया गर्नुपर्छ,’ प्रसाईले भने ।
उनि आज बिहान जुम्ला पुगेका छन् । नागरिक बचाउ महाअभियान साथ उनी जुम्ला पुगेको बताइएको छ । आज नागरिक बचाउ महा अभियान जुम्ला कार्यसमितिले प्रसाईको आथित्यमा कार्यक्रम सञ्चालन गर्ने छ ।



