परीक्षाको नतिजाले झल्कायो सामुदायिक विद्यालयको गुणस्तर खस्किदो शिक्षाको तस्वीर

जुम्ला – पछिल्लो समयमा सामुदायिक विद्यालय भन्दा निजि विद्यालय बोडिङ स्कूलमा चाप बढ्दै गएको देखिन्छ । यसको एउटै कारण सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर छैन भन्ने हो । सामुदायिक विद्यालयमा बढी राजनीतिक हुन्छ र पठनपाठन हुदैन ।
शिक्षामा गुणस्तर छैन भनेर विपन्न अभिभावकले पनि आधा पेट खाएर पनि आफ्ना बालबच्चा निजि विद्यालय बोडिङ स्कूलमा पढाउन चाहन्छन् । सामुदायिक विद्यालयको गुणस्तर शिक्षाप्रति अभिभावक विश्वास नै छैन ।
बोडिङ स्कूल भन्दा राज्यले शिक्षा क्षेत्रमा ठुलो धनरासी खर्चेको छ । शिक्षा क्षेत्रमा ठुला लगानी हुदा पनि सामुदायिक विद्यालयको शिक्षाको परिणाम त्यति सुखद् पाएको छैन ।
सिंजा गाउँपालिकाले सञ्चालन गरेको पालिका स्तरीय कक्षा ८ को परीक्षा नतिजाले यस्तै पुष्टि गरेको छ । सिंजा गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले कक्षा ८ को बार्षिक परीक्षक २–९ चैतसम्म सञ्चालन गरेको थियो । १२ वटा विद्यालयका विद्यार्थीलाई कक्षा ८ को पालिका स्तरको परीक्षा लिनका लागि पाँच वटा परीक्षा केन्द्र तोकेको थियो ।
कालिका आधारभुत विद्यालय गोँराबाट २१ जना विद्यार्थी कक्षा ८ को बार्षिक परीक्षामा सहभागी भएका थिए । परीक्षामा सहभागी भएका मध्येबाट एक जना विद्यार्थी मात्रै ग्रेडबृद्धिमा परेका छन् । अरु सवै विद्यार्थी परीक्षामा अनुत्तिर्ण भए ।
यस्तै महादेव माध्यामिक विद्यालय गोठीपिंगीबाट १९ जना विद्यार्थी कक्षा ८ को बार्षिक परीक्षामा सहभागी भएका थिए । यो विद्यालयबाट पनि एक जना विद्यार्थी मात्रै ग्रेडबृद्धिमा परेका छन् । १८ जना अनुत्तिर्ण भए । देउती आधारभुत विद्यालयका १० जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । सवै विद्यार्थी अनुत्तिर्ण भए ।
कैलास माध्यामिक विद्यालय फुङग्रका ३६ जना विद्यार्थी कक्षा ८ को बार्षिक परीक्षमा सहभागिता जनाएका थिए । उनीहरु मध्ये एक जना उत्तिर्ण र पाँच जना विद्यार्थी ग्रेडबृद्धिमा परेका छन् । भैरव माध्यामिक विद्यालय पालिकाको मुकाम नराकोटमा रहेको विद्यालय हो । नराकोट मुकामको मुटु नराकोटमै रहेको विद्यालयबाट ४ जना विद्यार्थी मात्रै कक्षा ८ को बार्षिक परीक्षामा उत्तिर्ण भएका छन् । ७ जना विद्यार्थी ग्रेडबृद्धिमा परेका छन् । परीक्षामा २८ जना विद्यार्थीले सहभागिता जनाएका थिए ।
माध्यामिक विद्यालय चुलेलगाउँबाट ४ जना विद्यार्थी कक्षा ८ को बार्षिक परीक्षामा उत्तिर्ण भएका छन् । ७ जना विद्यार्थी ग्रेडबृद्धिमा परेका छन् । परीक्षामा २७ जना विद्यार्थी सहभागी भएका थिए । शारदा आधारभुत विद्यालय गाडापानीबाट कक्षा ८ को बार्षिक परीक्षामा २२ जना परीक्षार्थी मध्ये एक जना उत्तिर्ण र दुई जना ग्रेडबृद्धिमा परेका छन् ।
फुटाशिली आधारभुत विद्यालयका १० जना मध्ये ६ जना उत्तिर्ण र दुई जना ग्रेडबृद्धिमा परेको जनाएको छ । जनज्योती आधारभुत विद्यालय रुगाबाट ४ जना परीक्षा मा सहभागी भएका हुन् । यसमध्ये एक जना विद्यार्थी मात्रै ग्रेडबृद्धिमा परेका छन् । माध्यामिक विद्यालय जोडुबाट २२ जना विद्यार्थी कक्षा ८ को बार्षिक परीक्षामा सहभागी भएका हुन् । यसमध्ये दुई जना उत्तिर्ण र ४ जना विद्यार्थी ग्रेडबृद्धिमा परेका छन् । केदारनाथ आधारभुत विद्यालय बारेगाउँका ११ जना विद्यार्थी मध्ये ३ जना विद्यार्थी कक्षा ८ को बार्षिक परीक्षामा उत्तिर्ण भएका छन् । ४ जना विद्यार्थी ग्रेडबृद्धिमा परेका छन् ।
मालिका माध्यामिक विद्यालय धाँपाका ६४ जना विद्यार्थी कक्षा ८ को बार्षिक परीक्षामा सहभागी भएका थिए । यसमध्ये २५ जना विद्यार्थी उत्तिर्ण भएका छन् । १३ जना विद्यार्थी ग्रेडबृद्धि परेका छन् ।
देउती आधारभुत विद्यालय भाडगाउँका प्रधानाध्यापक मानबहादुर रावतका अनुसार परीक्षामा सवै विद्यार्थी फेल हुनुको कारण विद्यार्थी, शिक्षक र अभिभावक सवैको कमजोरी देखियो । उनले भने विद्यार्थी ६ घण्टा मात्रै शिक्षकको निगरानी हुन्छन् । १८ घण्टा अभिभावकसँग हुन्छन् । शिक्षाको गुणस्तरमा यो परीक्षाको नजिताले पुष्टि गरेका छ । अब पनि सुधार नभएको खण्डमा शिक्षक, विद्यार्थी र अभिभावक भविश्य अन्यौल नै देखिन्छ ।
कालिका आधारभुत गोराकी प्रधानाध्यापक माग्ली शाहीले भनिन् प्राविको शिक्षकले कक्षा ८ सम्म पढाउनु परेको छ । विषयगत शिक्षक दरवन्दी छैन । हरेक वर्ष पाठ्यक्रम परिवर्तन भएको हुन्छ । हामीमा दक्षता कमी नै भएर होला परीक्षाको नतिजा शून्य आएको छ । गणित विषयको एक अनुदान कोटा शिक्षक, ४ जना स्यायी दरवन्दी र एक जना इसिडी शिक्षक छौँ । ६ जना विद्यार्थीले ८ कक्षासम्म पढाउनु परेको छ ।
यस्तो नतिजा आउनुमा विद्यार्थी, अभिभावक र शिक्षकको उत्तिकै जिम्मेवारी रहेको उनले बताइन् । भनिन् विद्यार्थीमा पनि अध्ययनको जागरुकता छैन । नियमित विद्यालय नआउने, आए पनि दिउसो भागेर विद्यार्थी घर जाने गर्दछन् । अभिभावकले पनि आफ्नो बच्चा पढ्छ, पढ्दैन हेर्नु पर्दछ ।
कक्षा ८ को बार्षिक परीक्षामा शून्य उत्तिर्ण भएको विद्यालय महादेव मावि गोठीपिंगीका प्रधानाध्यापक कृष्ण शाहीले भने यो नतिजाले लत्जित नै बनायो । बर्षभरी पढाएर नतिजा सन्तोषजनक नहुनु दुखद् पक्षले हो । विद्यालयमा शिक्षक दरवन्दी पनि अभाव नै छ । प्रावि तहका शिक्षकले निमावि, मावि कक्षा पढाउनु पर्ने स्थिति छ । शिक्षक दरवन्दी अभाव छ । शिक्षक, अभिभावक र विद्यार्थी सवै पक्षको कमजोरी देखिएको छ ।
शैक्षिक सत्र पनि हिमाली जिल्लाको सुहाउदो भएन । चिसोको कारण हिमाली जिल्ला जुम्लामा पुस र माघमा विद्यालय बन्द नै हुन्छन् । फागुनमा पनि राम्रोसँग पढाई नहुदा पढेका कुरा विद्यार्थीले विर्सी सकेका हुन्छन् । घरमा विद्यार्थी पढ्ने वातावरण पनि नहुदा सन्तोषजनक नतिजा नआएको उनले बताए ।
विद्यार्थीले औपचारिक शिक्षा प्राप्तमा वेवास्ता, अभिभावकले छोराछोरीको पढाईप्रति चासो नदिनु, दरवन्दी अनुसार शिक्षक नहुनु, विषयगत शिक्षक नहुनु, प्रावि तहका शिक्षकले निमावि, मावि तहसम्म पढाउनु पर्ने शिक्षामा समस्या छन् । शिक्षामा राजनीतिकरण हुनु, शिक्षक विद्यालयमा नियमित उपस्थित नहुनु, तालिम प्राप्त दक्ष शिक्षक नहुनु, भएका शिक्षकले दक्षता प्रयोगमा ल्याउनु नसक्नु, अनुगमन मुल्यांकन प्रभावकारी नहुनु, भौतिक प्राप्त नुहुन, शैक्षिक वातावरण नहुनु, शिक्षक नियूक्तमा आफ्न्त, राजनीतिकरण हुनुले शिक्षाको गुणस्तर विग्रेको हो ।
सिंजा गाउँपालिकाको यो नजिता एक उदाहरण मात्रै हो । जिल्लाको शैक्षिक गुणस्तर निकै खस्किदो अवस्थामा रहेको राष्ट्यि मानव अधिकार आयोग जुम्लाका प्रमुख धनराज शाहीले बताए । उनले भने सरोकारवाला निकाय, अभिभावक, शिक्षक र विद्यार्थीको सोचनिय विषय बनेको छ ।
सिंजा गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख शंकर धितालका अनुसार शिक्षामा गुणस्तर ल्याउनका लागि कक्षा ८ को परीक्षा एसइई सहर मर्यादित बनाएका थियौँ । उनले भने, अन्तर विद्यालय परीक्षा केन्द्र बनाएका थियौँ । शिक्षाको गुणस्तर मापन गर्नकै लागि मर्यादित परीक्षा सञ्चालन गर्दा बास्तविक परीक्षाको नतिजा आएको हो ।
कक्षा ८ को बार्षिक परीक्षामा २७४ जना सहभागी परीक्षार्थी मध्ये ४६ जना उत्तिर्ण भएका छन् । ४७ जना विद्यार्थी ग्रेडबृद्धिमा परेका छन् । १८१ जना विद्यार्थी अनुत्तिर्ण भएको शाखा प्रमुख धितालले बताए ।
शिक्षा क्षेत्रमा लामो अनुभव भएका सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धिताल पूर्व शिक्षक हुन् । शिक्षा क्षेत्रको अनुभव भएका अध्यक्ष धितालले भने यो कक्षा ८ को परीक्षा नतिजाले शिक्षा गुणस्तर मापन भएका छ । उनले भने विरामी भएको शिक्षा गुणस्तरका मापन गर्न एक्सरे गरेका हौँ । एक्सरेले शिक्षामा जे हो त्यही देखिएको छ । अब हामीलाई शिक्षा सुधारात्मक काम गर्न नतिजाले प्रेरित गरेको छ ।
कक्षाकोठा व्यवस्थापन, कक्षा कोठामा समयबृद्धि गर्ने र पढ्ने वातावरण सिर्जना गरी शिक्षामा गुणस्तर ल्याउने अब नयाँ शिक्षक सत्रमा योजना बनाउने छौँ । उनले भने शिक्षक अभिभावकलाई जिम्मेवार बनाउनु छौँ । गुणस्तर शिक्षा सुधारका लागि प्रधानाध्यापकसँग लिखित सम्झौता नै गर्ने छौँ । भौतिक संरचना अभाव भएको ठाउँमा निर्माण गर्ने छौँ । चालु आर्थिक वर्षमा शिक्षा सुधारकै लागि सिंजा गाउँपालिका शिक्षा क्षेत्रमा एक करोड भन्दा बढी लगानी गरेको छ ।

प्रकाशित मिति : २०८० चैत्र २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस