कर्णालीमा विद्युतीय चुलोको पहुँच न्युन

३५३ घरधुरी मात्रै प्रयोग गर्छन् विद्युतीय चुलो

जुम्ला । नेपाल विद्युत प्राधिरकणले भनेअनुसार विद्युतीय चुलोको प्रयोग बढ्न सकेको छैन् । राष्ट्यि प्रशारण लाईन गाउँ गाउँ सम्म पुगेपनि भरपर्दो नहुँदा अपेक्षानुसार घरधुरी विद्युतीय चुलोको पहुँचमा नपुगेका हुन् ।

स्थानीय जलविद्युत उत्पादनका साथै राष्ट्यि प्रशारण लाईन पुगेका दुर्गम क्षेत्रमा विद्युतीय चुलोको प्रयोग निकै न्युन रहेको तथ्यांकले देखाएको छ । राष्ट्यि जनगणना–२०७८ तथ्यांकनुसार मुलुकका सात प्रदेश मध्य सबैभन्दा कम कर्णाली प्रदेशमा विद्युतीय चुलोको प्रयोग हुने गरेको छ ।

सबैभन्दा बढी बागमती प्रदेश र कम कर्णाली प्रदेशमा विद्युतीय चुलो प्रयोग भएको देखिएको हो । बागमती प्रदेशको काठमान्डौं जिल्लाका मात्रै चार हजार छ सय ९४ घरधुरीले विद्युतीय चुलो प्रयोग गर्दा समग्र कर्णाली प्रदेशभरीमा तीन सय ५३ घरधुरीले मात्रै विद्युतीय चुलो प्रयोग गरीरहेका छन् ।

१० वटा जिल्ला रहेको कर्णाली प्रदेशमा तीन सय ५३ घरधुरीले विद्युतीय चुलो प्रयोग गरेको देखिन्छ । विद्युत पहुँच पुगेर पनि विद्युतीय चुलोको प्रयोग न्युन देखिनुले पहिलो कुरा विद्युत कम पावरको हुनु,नियमित नहुनु र अर्को कुरा दाउराकै प्रयोग बढी रहेको समेत स्पष्ट हुन्छ ।

कर्णालीका १० जिल्लामध्य प्रदेश राजधानी सुर्खेतमा एक सय नौ घरधुरीले विद्युतीय चुलो प्रयोग गरीरहेका छन् । भने, दैलेख जिल्लाका ८९,जाजरकोटका ६५,रुकुम पश्चिमका २७, सल्यानका १७ घरधुरीले मात्रै विद्युत प्रयोग गरी खाना पकाउने गरेका छन् ।

साथै साविक कर्णालीमा झनै विद्युतीय चुलोको प्रयोग निकै न्युन देखिन्छ । साविक कर्णालीका पाँच जिल्लामध्य जुम्लाका १३,मुगुका १४,कालिकोटका १०,हुम्लाका ८ र डोल्पा जिल्लाका एक घरधुरी मात्रै विद्युतीय चुलोको पहुँचमा रहेका छन् ।
नेपाल विद्युत प्राधिरकणका कार्यकारी निर्देशक कुलमान घिसिङले पहिलो कार्यकालकै बेला कर्णाली उत्सवमा आउँदा कर्णालीको विद्युतीकरणमा जोड दिने र विद्युतबाट चल्ने सबै उपकरणको प्रयोगमा सुगमदेखि दुर्गमको पहुँच बृद्धि गर्ने प्रतिबद्धता गरेका थिए ।

दोस्रो कार्यकालमा पनि कार्यकारी निर्देशक नियुक्त भएको वर्षौ बितिसक्दा समेत विद्युतीय चुलोको प्रयोगमा बृद्धि त परै जावस कर्णालीमा राष्ट्यि प्रशारण लाईनको बत्ति नियमित समेत नआउने आएपनि पावरनै नपुग्ने समस्या छ ।

यता नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र जुम्लाका प्रमुख रामआशिष शाह राष्ट्यि लाईन विस्तार भएपनि अधिकांश नागरिक दाउँरा तथा एल्पी ग्याँसबाटै खाना पकाउने गरेको बताउनुहुन्छ ।

प्रमुख शाह भन्छन,‘जुम्लामा प्रशारण लाईनको दुरी लामो हुनु र सवस्टेशन नहुनुले केहि समस्या छ । तर विगत भन्दा बत्ती राम्रै छ । विद्युतीय चुलोको प्रयोग बढ्नु भनेको विद्युत बढी खपत हुनु हो । भने अर्कोतिर वन जंगल संरक्षण हुनु हो । तर प्रदेश राजधानी सुर्खेतमै विद्युतीय चुलोको प्रयोग सन्तोषजनक छैन् । भने दुरदराजमा बत्तीबाट उपकरणको प्रयोग बृद्धि नहुनु स्वभाविक पनि हो । केहि वर्षपछि सबै गाउँमा विद्युतको अधिकतम प्रयोग बढ्छ ।’

प्रकाशित मिति : २०८१ बैशाख ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस