राष्ट्रपति पौडेल र कतारका राजा अमिर शेखबीच भेटवार्ता

राष्ट्रपति रामचन्द्र पौडेल र नेपालको दुईदिने राजकीय भ्रमणमा आउनुभएका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी मङ्गलबार राष्ट्रपति भवन शीतलनिवासमा भेटवार्ता गर्दै । तस्बिरः रत्न श्रेष्ठ/ रासस

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल र कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीबीच भेटवार्ता भएको छ। महाराजगञ्जस्थित राष्ट्रपति निवासमा उनीहरूबीच भेटवार्ता भएको हो। उनीहरूबीच द्विपक्षीय हितका विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ। 

नेपालको दुई दिने राजकीय भ्रमणमा मंगलबार काठमाडौं आइपुगेका राजा थानीलाई यसअघि राष्ट्रपति पौडेलले स्वागत गरेका थिए। स्वागत समारोहमा उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले स्वागत गरेका थिए। 

null

अन्नपूर्ण

प्रकाशित मिति : २०८१ बैशाख ११ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस