हिमामा बन्यो जुम्ली पहिचान झल्काउने काठेसाँघु

हाम्रो नेपाल

जुम्ला । जुम्लाको हिमा गाउँपालिका वडा नं ४ चिउडीमा निर्माण गरिएको परम्परागत साँघु (कलात्मक काठे पुल)उद्घाटन गरिएको छ । बुधबार एक भव्य कार्यक्रममा बीच चिउडीमा नवनिर्मित काठेपुल उद्घाटन गरिएको हो ।

उक्त काठेपुल ०७९ सालको बेमौसमी वर्षाले बगाएको थियो । त्यसपश्चात काठेपुल निर्माण गरिएपनि प्रधानमन्त्री,राष्टपति लगायतका मुर्ति राखेपछि विवाद भएको थियो ।

बिवाद भएपछि ती मुर्तिहरु हटाएर नेपाली पोशाक लगाएका महिला पुरुष,भगवान,सुरक्षाकर्मी लगायतको मुर्ति बनाईएको छ । काष्ठकलाबाट निर्मित काठे पुल (साँघु)ले जुम्लाको एतिहासिक महत्व पनि झल्काएको छ । आधुनिक विकास क्रमसंगै जुम्लामा काठे पुल लोपउन्मुख अबस्थामा छन् ।


जुम्लाका विभिन्न क्षेत्रमा बाढी पहिरोले भत्कीएका,बगाएका अधिकांश साँघुहरु क्षतविक्षत अबस्थामा छन् । पुर्ननिर्माण गर्न कसैले ध्यान दिएका छैनन् । तर हिमा गाउँपालिकाले एतिहासिक महत्व बचाउन र पहिचान झल्काउन कलात्मक काठेपुल निर्माण गरेको हो ।

नेपालकै उत्कृष्ट पर्यटन गन्तव्य रारा जाने सडक नाग्म गमगडी सडकको प्रबेश द्दारमै पर्ने चिउडीमा निर्माण भएको काठे पुलले पर्यटकलाई आर्कषण गर्ने अपेक्षा गरिएको छ ।

काठेपुलमा ठड्याईएका सबै मुर्तिहरु हिमा गाउँपालिका–४ का कालो तिरुवाले निर्माण गरेका हुन् । उनलाई हिमा गाउँपालिकाले सम्मान पनि गरेको थियो । भने आबश्यक सामान खरिदका लागि पालिकाले एक लाख रुपैया समेत सहयोग गरेको थियो ।

प्रकाशित मिति : २०८१ बैशाख १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस