प्रथम बृहत्त जुम्ला महाेत्सवकाे तयारी पूरा,आजै १ बजे उद्घाटन हुने

जुम्ला ।  जुम्लामा प्रथम बृहत कृषि, पर्यटन, ब्यापार तथा सास्कृतिक महोत्सब आजदेखि सुरु हुने भएकाे छ । आजदेखि सुरु हुने  महाेत्सवकाे सबै तयारी पूरा भएकाे आयाेजक राष्टि्य लाेक तथा दाेहाेरी गित प्रतिष्ठान जुम्लाले जनाकाे छ ।

विहिबार विहान पत्रकार सम्मेलन मार्फत  जुम्लाकै हाल सम्मकै लामो र ऐतिहासिक प्रथम महाेत्सवकाे तयारी पनि  पूरा भएकाे राष्टि्य लाेक तथा दाेहाेरी गित प्रतिष्ठानका सचिव विश्वराज खत्रीले बताए । उनका अनुसार विहान ११ बजेदेखि जुम्लाकाे पहिचान झल्कीने र्याली बजारमा निकालिने छ । र्याली कार्यक्रम स्थलमा पुगेर दिउसाे १ बजे उद्घाटन कार्यक्रम सुरु हुने छ ।

महाेत्सवमा जुम्लाकाे कृषि संग सम्बन्धित विभिन्न ५०/६० स्टल बुक भईसकेका छन् । भने ८०/९० वटा जम्मा स्टल रहेका छन् ।

जुम्लाका स्थानीय कलाकारलाइ विशेष प्रथामिकता दिईने छ । ब्यानरमा राखिएका सबै राष्टि्य कलाकारलाई जुम्लामा ल्याईने समेत सचिव खत्रीले प्रतिबद्दता गरे ।  स्थानीय कलाकारलाई समेत विशेष प्रथामिकता दिईने छ ।

विद्यार्थीलाई प्रबेश शुल्क एकसय,आम सर्वसाधारणलाई १५० रुपैया र अपांग,जेष्ठ नागरिकलाई कार्डका आधारमा निशुल्क गरिने आयाेजकले जनाएकाे छ । भने प्रतिस्टललाई प्रतिदिन एक हजारका दरले शुल्क लिईने छ ।

‘लोक, कला संस्कृतिको संरक्षण, रूपान्तरण, समुद्री हाम्रो अभियान कृषि संस्कृति र संस्कार हाम्रो पहिचान कृषि पर्यटन र स्थानिय उत्पादनको प्रर्वदन हाम्रो अभियान’ भन्ने मुल नाराका साथ आजदेखि सुरु हुने महाेत्सव आगामी बैशाख २३ गते सम्म संचालन हुने छ । 

दर्शककाे स्वास्थ्य उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे सहयाेगमा हेल्थ डेस्क समेत राखिने छ ।
१० दिन सम्म संचालन हुने महाेत्सवलाई सफल बनाउन आबश्यक समन्वय तथा सहयाेग गरिदिन लाेक दाेहाेरी प्रतिष्ठानका अध्यक्ष कर्ण बुढ्थापाले बताए । उनका अनुसार आजै ढिलाेमा १ बजेसम्म उद्घाटनशत्रकाे तयारी सत प्रतिशत पुरा गर्न सहयोग भएकाे छ ।

महाेत्सवलाई सफल बनाउन शान्ति सुरक्षाकाे व्यवस्थापनलाई प्रभावकारी बनाउन समेत सुरक्षा निकाय संग समेत आयाेजकले अपिल गरेकाे छ ।

साथै महाेत्सवमा देउडा,दाेहाेरी,एकल नाँच प्रतियाेगिता समेत हुुने छ ।

प्रकाशित मिति : २०८१ बैशाख १३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस