इलाममा साढे ४ बजेसम्म ५५ प्रतिशत मतदान

dtbfg ub}{ lkmSsn -Onfd_ M Onfd–@ df k|ltlglw ;ef ;b:o pklgjf{rgsf nflu dfª;]a'ª ufpFkflnsf–# l:yt hgsNof0f cfwf/e"t ljBfno dtbfg s]Gb|df dtbfg ub}{ j[4f Ho]i7 gful/s . tl:a/ M /fds'df/ lnDa"÷/f;;

इलाम । इलाम २ को उपनिर्वाचनमा ५५ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले हालसम्म ५५ प्रतिशत मतदान भएको बताए ।

विभिन्न केन्द्रहरुमा कुनैमा कम त कुनैमा धेरै मत खसेकोले अनुमानित ५५ प्रतिशत मतदान भएको घिमिरेले अनलाइनखबलाई जानकारी दिए ।

दिउँसो ४ः३० बजेसम्म इलाममा सो मत खसेको हो । दिउँसो ३ बजेसम्म ४० प्रतिशत, दिउसो १ बजेसम्म ४० प्रतिशत र बिहान ११ बजे सम्म २२ प्रतिशत मत खसेको थियो । इलामको ६ वटा पालिकाको ४२ वटा वडामा १४९ मतदान केन्द्र छन् ।

अनलाइनखबर

प्रकाशित मिति : २०८१ बैशाख १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस