सौतेनी आमाको हत्या गर्ने छोरी पक्राउ

जुम्ला । सौतेनी आमाको हत्या गरेको आरोपमा छोरीलाई पक्राउ गरिएको छ । जुम्ला पातारासी गाउँपालिका वडा नं. ३ छुमगाउँकी ५६ वर्षीय सुवा महताराको हत्या गरेको अभियोगमा छोरी नाता पर्ने हाँसु ऐडीलाई पक्राउ गरिएको हो ।

शनिवार साँझ छोरी नाता पर्ने ऐडीले सौतेनी आमा महतारालाई ढुंगा र मुसलले प्रहार गरीे हत्या गरिएको प्रहरीले जनाएको छ । घटना शनिवार साँझ भएपनि ढिलो खबर आईपुगेको प्रहरीको टोली परिचालन गरेर आईतबार विहान हत्या गर्ने छोरी नाता पर्ने हाँसु ऐडीलाई पक्राउ गरिएको जुम्लाका डीएसपी छेदिलाल कामतीले जानकारी दिए

हत्या गरेको अभियोगमा उनकै सौतेनी छोरी २६ वर्षीया ऐडीलाई प्रहरीले पक्राउ गरेको छ । ऐडीले ढिकीको मुसलले हान्दा महताराको मृत्यु भएको थियो । प्रहरीले घटनाको विषयमा अनुस्धान गरिरहेको छ ।

डिएपी कामतीले भने,‘छोरीको मानसिक सन्तुलन गुमेको र औषधी खाईरहेको भन्ने बुझिएको छ । ढुंगा र मुसलले हानेर शक्त घाईते भएको र समयमै अस्पताल ल्याउन नसक्दा मृत्यु भएको हो । घटनाको बारेमा प्रहरीले अनुसन्धान गदैै छ ।’

प्रकाशित मिति : २०८१ बैशाख १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस