पातारासी गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

जुम्ला – पातारासी गाउँपालिका पूर्णखोप सुनिश्चितता घाेषणा गरिएकाे छ । जन्मेदेखि २३ महिनाका ३३२ जना बालबालिका रहेका छन् । यसमध्ये पुर्ण खाेप १९० जना बालबालिकाले पाएकाे स्वास्थ्य संयाेजक रतन बुढ्थापाले बताए । २३ जना बालबालिकालाई गाउँ गाउँमा खाेजेर खाेप दिएका छाैँ, उनले भने ।
जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका संयोजक गौरीनन्द आचार्यले पातारासीलाई खोप सुनिश्चत तथा दिगोपना  सुनिश्चितता घोषणा गरिएकाे बताए  । उनले भने पूर्ण खाेप पाएका बालबालिकामा प्रतिरोधात्मक क्षमता बुद्वि भएकाे हुन्छ । जसकारण राेग लाग्दैन ।
गाउँपालिका अध्यक्ष पूर्णसिंह वोहराले गाउँपालिका पुर्णखोप सुनिश्चत भएपछि यसलाई टिकाई राख्न सवैको साथ सहयोग आवश्यक रहेको बताए । उनले भने स्वास्थ्यकर्मी मात्रै नभई जनप्रतिनिधि अझ वडाध्यक्ष सहितका जनप्रतिनिधिले सवै वालवालिका खोपमा निरन्तर दिन आजको आवश्यकता रहेको छ। अध्यक्ष वोहोराले गाउँकै रैथाने बालिको खाना आमा र वालवालिकालाई खुवाउन आवश्यक छ ।
जिल्ला जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्णप्रसाद सापकोटाका अनुसार पातारासी गाउँपालिकाले पनि पूर्णखोप सुनिश्चितताको निरन्तरता पाएको छ ।

प्रकाशित मिति : २०८१ बैशाख १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस