कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक नेपाल)
जुम्ला
सुचि दर्ता गर्ने सम्बन्धि सूचना
प्रथम पटक सूचना प्रकाशित मितिः२०८१ बैशाख १८ गते
किर्डाक नेपालद्धारा जुम्ला जिल्लामा सञ्चालित सहयात्रा तेस्रो परियोजनाका लागि आवश्यक पर्ने तपशिल बमोजिमका सामग्रहीहरु तथा अन्य सेवाहरु खरिदका लागि सम्बन्धित सेवा प्रदायक व्यक्ति, फर्म, उद्योग, संस्था तथा सप्लायर्सहरुले सुचि दर्ता गराई राख्नु पर्ने भएकोले इच्छुक सेवा प्रदायकहरुले यो सुचना प्रकाशित भएको मितिले ७ दिन भित्र यस संस्थाको जिल्ला कार्यालय जुम्ला खलङ्गा र फिल्ड कार्यालय लिताकोट तातोपानी जुम्लामा वा इमेल punam.dhamala@kirdarc.org मार्फत तपशिलमा उल्लेखित आवश्यक कागजात संलग्न राखी सुचि दर्ता गराउन हुन सम्बन्धित सबैको जानकारीको लागि यो सुचना प्रकाशित गरिएको छ ।
सुचि दर्ता गर्ने विषयहरु
१. स्टेशनरी तथा मसलन्द, पाठ्यपुस्तक तथा पत्र–पत्रिका, प्रिन्टीङ, काटिज रिफिल, खेलकुद सामग्री तगा शैक्षिक सामग्री आपूर्ति सम्बन्धी सेवाहरु ।
२. ल्यापटप, कम्प्युटर, प्रिन्टर, फोटोकपी, अन्य विद्युतिय सामग्री, कार्यालयका उपकरणका पार्टपुर्जाहरु लगायत मर्मत सम्भार, सोलार तथा यसका सम्बन्धित सामग्री तथा जडान सेवा र इन्टरनेट सेवा ।
३. यातायात सेवा, ट्राभल्स एजेन्सी, इन्सुरेन्स, गाडी मर्मत तथा ट्रक वा सामग्री ढुवानी तथा कुरियर सम्बन्धि सेवाहरु ।
४. छापाखाना, डिजाइन तथा छपाई, व्यानर प्रिन्ट, फेलेक्स प्रिन्ट सम्वन्धी सेवा ।
५. विभिन्न विषयगत तालिम प्रशिक्षक, सर्भे तथा सर्वेक्षण, कार्यक्रम मुल्यांकन, अध्ययन तथा अनुसन्धान, अनुवाद गर्ने, प्रस्तावना तथा प्रतिवेदन लेखन तथा अन्य क्षेत्रमा परामर्श सेवा ।
६. खाद्यन्न, खानेपानी, सरसफाई तथा स्वच्छता सामग्री ढुवानी सम्वन्धी सेवा ।
७. सेमिनार, मिटिङ, गोष्ठी तथा तालिम संचालनार्थ खाना तथा बस्न व्यवस्थासहित होटल तथा हल सेवा, खाजा, नास्ता तथा खाना सम्वन्धी सेवाहरु ।
८. हार्डवयर, किनारा, नर्सरी, कृषि सामग्री तथा बिउ बिजन आपूर्ति सम्वन्धी सेवाहरु ।
९. विपद् पुर्व तयारी तथा प्रतिकार्यका लागि आवश्यक सामग्री तथा उपकरण सम्वन्धी सेवाहरु ।
१०. श्रव्य, दृश्य छायांकन तथा रेकर्डिङ सम्वन्धी सेवा ।
११. भिजिबिलिटी सामग्री प्रिन्ट, टिसर्ट, क्याप, झोला÷व्याग, आदी ।
१२. विज्ञापन, कार्यक्रम उत्पादन तथा प्रशारण सम्वन्धी सेवाहरु ।
१३. लत्ताकपडा, स्कूल डे«स, जुत्ताचप्पल, डस्ना, सिरक, पर्दा अन्य सम्वन्धी सेवाहरु ।
सुचि दर्ता गर्दा पेश गर्नुपर्ने कागजातहरु
१. सेवा प्रदान गर्ने सम्बन्धित निकायको निवेदन पत्र प्रदान गर्ने बस्तु तथा सेवाहरु स्पष्ट खुलाएको हुनुपर्ने छ ।
२. फर्म कम्पनी संस्थाको हकमा फर्म, कम्पनी, संस्थाको विवरण (प्रोफाइल), दर्ता प्रमाण पत्र (नविकरण सहित) पाना नं. प्रमाणपत्र र गत आर्थिक वर्षको करचुक्ता प्रमाणपत्रको प्रतिलिपि ।
३. व्यक्तिको हकमा नागरिकता, व्यक्तिगत विवरण पान वा भ्याट दर्ता प्रमाण पत्रको प्रतिलिपिहरु
यस विषयमा थप जानकारी लिनुपर्ने भएमा किर्डाक नेपालको टेलिफोन नं. ०८७–५२०२०१, ९८६३०८०१११, ९८६८३२२७१३ मा सम्र्पक गर्न सकिनेछ ।



