सार्वजानिक शिक्षा सुधारमा उदासिन सरोकारवाला


जुम्ला । सार्वजानिक शिक्षा सुधारमा सरोकारवाला उदासिन देखिएका छन् । संविधानमै सबै नेपालीलाई अनिवार्य र निःशुल्क गुणस्तरीय शिक्षाको हक हुने व्यवस्था भएपनि कार्यान्वयन पक्षमा सरोकारवालानै उदासिन देखिएका हुन् ।

सरकारी कर्मचारी,विद्यालयका शिक्षक,विव्यस देखि जनप्रतिनिधिका छोराछोरी नीजि विद्यालयमा पढाउने र सामुदायिक विद्यालय सुधारका खोक्रा भाषण मात्रै गर्ने प्रबृत्तिले सामुदायिक शिक्षा खस्कीदै जानुमा सरोकारवालनै बढी जिम्मेवार देखिएका छन्

जुम्लामा सामाजिक विकास कार्यालय,शिक्षा विकास तथा समन्वय ईकाईको समन्वय र पेश नेपालद्धारा आयोजित सामुदायिक शिक्षा सुधार विषयक अन्तरक्रियामा सहभागी सरोकारवालाले जाने बुझेकै,उच्च पदमा पुगेकै व्यक्तिहरुको कमजोरी र उदासिनताले सामुदायिक शिक्षा र विद्यालय दुबै खस्कीदो अबस्थामा पुगेको बताएका छन् ।

सरकारी सेवा सुविधा खानेका छोराछोरी अनिवार्य सरकारी विद्यालयमै पढाउनु पर्ने नीति बनाउनु पर्ने बहस चर्को रुपमा चलेपनि जुम्लाका कुनै स्थानीयतहले ठोस निर्णय गर्न सकेका छैनन् ।

अन्तरक्रियामा सामुदायिक शिक्षा बिग्रिको दोस शिक्षककलाई मात्र लगाउने प्रबृत्तिको अन्त्य गर्नुपर्नेमा हिमा,सिंजा र कनकासुन्दरीका शिक्षकहरुले माग गरेका छन् । सार्वजानिक शिक्षा सुधार नहुनको दोष सबै पक्षले लिन जरुरी छ ।

जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले सरकारी सेवा सुविधा खानेका छोराछोरी सरकारी विद्यालयमै पढाउने नगरेसम्म सार्वजानिक शिक्षा सुधार सम्भव नरहेको बताए । गैरसरकारी संस्थाले केहि नयाँ अभ्यास र काम गरेपनि परियोजना समाप्तीपछि ति अभ्यासहरुलाई समेत निरन्तरता दिन नसक्दा समस्या भएको उनको भनाई छ ।

पेश नेपालद्धारा संचालित आधार परियोजनाले सिंजा क्षेत्रका तीन पालिकामा सार्वजानिक शिक्षा सुधारका लागि काम गर्दै आएको छ । पछिल्लो समय सामुदायिक विद्यालयको खस्कीदो शैक्षिक अबस्थालाई मध्यनजर गर्दै कसरी अघि बढ्न सकिन्छ,शिक्षा सुधारमा कस्ता योजना बनाउन सकिन्छ भन्ने उदेश्यले अन्तरक्रिया गरिएको पेश नेपाल जुम्लाका कार्यकारी निर्देशक किशोर न्यौपानेले बताए ।

अन्तरक्रियामा सार्वजानिक शिक्षा सुधार,सार्वजानिक शिक्षा खस्कीनुका कारण,चुनौती भावी योजना,शिक्षा सम्बन्धी बनेका नीति निर्देशीका लगायतका विषयमा सामाजिक विकास कार्यालय प्रमुख तुराज चौलागाई,राष्ट्यि मान अधिकार आयोगा जुम्लाका प्रमुख धनराज शाही,शिक्षा विकास तथा समन्वय ईकाईका प्रतिनिधि लगायतले प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा सिंजा क्षेत्रका तीन पालिकाका शिक्षक र विव्यस समितिको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८१ बैशाख २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस