जुम्ला । जुम्लामा लागू सहित एक जना यूवालाई पक्राउ गरिएकाे छ । विशेष सूचनाका आधारमा गुठिचाैर गाउँपालिका वडा नं ३ निवासी २३ वर्षिय दिपक बुढालाई लागू ओैषध चरेश सहित साेमबार पक्राउ गरिएकाे डिएसपी छेदिलाल कामतीले बताए ।
विशेष सूचनाका आधारमा चरेश बाेकेर संकास्पद रुपमा हिडिरहेकाे अबस्थामा सिभिलमा खटिएकाे प्रहरीले साेमबार तल्लाे जुगाड पुलबाट नियन्त्रणमा लिएकाे थियाे ।
पक्राउ पर्ने यूवा र बरामद गरिएकाे लागू ओैषधलाई प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरि सार्वजानिक गरेकाे हाे । विक्रि गर्ने प्रयाेजनका लागि ल्याईएकाे १६१ ग्राम १० मिलिग्राम चरेश बरामद गरिएकाे डिएसपी कामतीले पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।
सडक संजालकाे विकाससंगै लागू ओैषध दुव्यसनी बढ्दै गएकाेले जनचेतना बृद्दि र कारबाहि प्रक्रियालाई संगै अघि बढाईएकाे उनकाे भनाई छ । पक्राउ परेका यूवालाई १० दिनकाे म्याद थप गरि अनुसन्धान भईरहेकाे छ ।
विद्यालय उमेर समुहका बालबालिका बढी लागू ओैषधकाे तलमा परिरहेकाेले जनचेतना अभिबृद्दिलाई जाेड दिईएकाे छ । चालू आवकाे हालसम्म लागू ओैषधका १४ मुद्दा दर्ता भईसकेकाे जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएकाे छ ।




