जुम्ला । ताताेपानी गाउँपालिका वडा नं.४ मा संचालित नि:शुल्क रगत परिक्षण शिविरबाट १६ सयभन्दा बढी नागरिक लाभान्वित भएका छन् । वडा नं ४ काे चालू आवमा लक्षित वर्ग कार्यक्रम अन्तर्गत वैशाख २३ देखी ३० गतेसम्म संचालित रक्त समूह पहिचान शिविरबाट नागरिकले गाउँमै सेवा पाएका हुन् ।
वडा नं ४ मा रहेका ५ बस्ती,एक माध्यमिक र चार वटा आधारभूत विद्यालयका शिक्षक,विद्यार्थी,स्थानीय नागरिक सहित अन्य गरेर शिविरबाट एक हजार ६८२ जनाकाे रगत परिक्षण तथा रक्त समुह पहिचान गरिएकाे वडाध्यक्ष अमर बहादुर राेकायाले बताए ।
उनकाअनुसार रगत परिक्षण,सुगर परिक्षण,प्रेसर जाँच गरिएकाे हाे । जसमा दुर्गा मा बि लाम्राका १५० जना बिद्यार्थी सहित एैरेनीका स्थानीयले पनि सेवा लिएका छन् ।

संकलन गरिएका सबै नागरिकहरुकाे रक्त समुहकाे तथ्यांक संकलन पश्चात रक्त समुह डायरी तयार गरि सबै घरधुरीमा एकएक प्रति उपलव्ध गराउने याेजना रहेकाे वडाध्यक्ष राेकायाले जानकारी दिए ।
केही दिनका रक्त समूह डायरीकाे बिमाेचन गर्ने तयारी छ ।
बस्ती बस्तीमा खटिएर सहयाेग गर्नुहुने दक्ष ल्याव टेक्निसियनहरु, स्वास्थ चाैकी हाकु, महिला स्वास्थ स्वयंसेविकाहरु, वडा कर्मचारीहरु र सराेकारवाला लाई वडाध्यक्ष राेकायाले धन्यबाद दिएका छन् ।



