जुम्लाका ५८ सय बालबालिकालाई आई.पि.भी. खाेप लगाईँदै

जुम्ला । जुम्लाका ५८ सय बढी बालबालिकालाइ आई.पि. भी.खाेप लगाईने भएकाे छ ।   राष्टि्य खाेप कार्यक्रम अन्तर्गत जुम्लामा आई.पि.भी. खाेप अभियान संचालन हुदैँ छ  । उक्त खाेप अभियान अन्तर्गत जुम्लाका पाँच हजार आठ सय  २८ बालबालिकालाई पाेलियाे भाईरस विरुद्दकाे आईपिभी खाेप लगाईने जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकाेटाले बताए ।

जेठ १३ देखि २६ गते सम्म देशव्यापी रुपमा आईपिभी खाेप अभियान संचालन हुँदै छ । साेही अभियान अन्तर्गत जुम्लाका आठ पालिकामा दुईचरणमा खाेप अभियान संचालन हुने छ ।

जसमा पहिलाे चरणमा जेठ १३ गतेदेखि १५ गतेसम्म  पातारासी,गुठिचाैर,चन्दननाथ र ताताेपानीमा खाेप अभियान संचालन हुने छ । भने दाेस्राे चरणमा जेठ १८ गतेदेखि २० गतेसम्म तिला,हिमा,सिंजा र कनकासुन्दरी गाउँपालिकामा खाेप अभियान संचालन हुने जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख सापकाेटाले जानकारी दिए । 

खाेप अभियान अन्तर्गत २०७३ बैशाख देखि २०७५ असाेज सम्म जन्मीएका मात्र  ५ देखि ८ वर्ष उमेर समुहका ५ हजार ८ सय २८ बालबालिकालाई मात्र आईपिभी खाेप लगाईने लक्ष्य राखिएकाे छ  ।

पाेलियाे राेग विरुद्दकाे प्रतिराेधात्मक क्षामता बढाउने भनेकै आईपिभी खाेप हाे ।  याे खाेप टाईप वान देखि टाईप थ्री गरेर तीन प्रकारका हुन्छन् ।

प्रमुख सापकाेटाले भने,’पाेलियाे राेग जुनसुकै उमेर समुहकालाई पनि लाग्छ  । नेपालमा पछिल्लाे बिरामी २०६७ भदाै १४ मा  देखापरेपनि हालसम्म शून्य छ ।याे सुईबाट लगाउने र मुखबाट ओैषधी खुवाईन्छ ।’

जुम्लामा मंगलबार आईपिभी खाेप अभियानबारे खाेप समन्वय समिति र पत्रकारहरु संग अन्तरक्रिया गरिएकाे छ । खाेप अभियानलाई सफल बनाउन सबैले आआफ्नाे ठाउँबाट सहयाेग गर्ने प्रतिबद्दता गरेका छन् ।

जिल्ला समन्वय समितिका प्रमुख गाैरीनन्द आर्चायले जुम्लामा खाेप अभियानलाई सफल बनाउन जनप्रतिनिधि,कर्मचारी,प्रहरी प्रशासन र पत्रकारहरुले सहयाेग गर्नु पर्ने बताए । शिक्षा विकास तथा समन्वय ईकाईले सबै विद्यालयमा खाेप अभियानबारे पत्रकार गरि सबै बालबालिकालाई खाेपकाे पहुँचमा ल्याउन सहयाेग गर्न पनि अनुराेध गरे ।

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले राेग प्रतिराेधात्मक क्षामता बढाउन खाेप अतिनै आबश्यक रहेकाे बताए ।

लक्षित बालबालिका नछुट्न नदाेहाेरिनका लागि प्रचार प्रचारमा जाेड दिनु पर्ने उल्लेख गरे । पाेलियाे उन्मुलन राष्ट घाेषणा गरेपनि छिमेकी मुलुकमा याे राेग देखा परेकाेले सजक हुनु पर्ने उनकाे भनाई छ  ।

प्रकाशित मिति : २०८१ जेष्ठ १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस