तिलागुफामा पुगेलिमाई विपद् व्यवस्थापन कार्यदल गठन

जुम्ला – कालिकाेटकाे तिलागुफा नगरपालिकामा विपद् कार्यदल गठन गरिएकाे छ । मनिचन्द्र न्याैपानेकाे संयाेजकत्वमा २७ सदस्यीय कार्यदल बिहिबार गठन गरिएकाे हाे । तिलागुफा नगरपालिका कालिकाेटकाे समन्वय, कारितास जर्मन र कारितास नेपालको आर्थिक सहयोगमा साझेदारी सहयोग केन्द्र (पेस नेपाल) जुम्लाद्वारा संचालित मानबिय सहायता बिपद पुर्ब तयारी (उत्थान) परियोजना अन्तर्गत तिलागुफा नगरपालिका वडा – ५ खल्लामा २७ सदस्यीय बिपद व्यवस्थापन कार्यदल गठन गरिएकाे हाे ।
खोजी तथा उद्धारमा ६ जना, प्राथमिक उपचारमा ५ जना, राहत तथा पुनःस्थापनामा ५ जना, सूचना तथा पुर्व चेतावनीमाल ६ जना र क्षति तथा आवश्यकता पहिचानमा ५ जना सदस्य रहेका छन् ।
प्रत्येक उपसमितिमा १ जना संयोजक सहित अरु सदस्य रहेका छन् । साथै सोही वडामा जनम परियारकाे अध्यक्षतामा १५ सदस्यीय (छात्र ७ छात्रा ८) बालक्लब पनि गठन गरिएको छ। बैठकमा बिपद, जलवायु परिवर्तन, कार्य दलको काम, कर्तव्य र जिम्मेवारी, हतपत झोला, भुकम्पिय सुरक्षाको उपायका विषयमा छलफल पनि गरिएकाे छ । कार्यक्रममा वडाका जनप्रतिनिधि सबै सदस्यहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८१ जेष्ठ ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस