डिनको बार्षिक उत्सवमा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

जुम्ला – डिप्लोमा ईन्जिनिर्यस एसोसिसन डिनले ४४ औँ बार्षिक उत्सवमा विभिन्न कार्यक्रम गरी मनाएको छ । बार्षिक उत्सवको अवसरमा कर्णाली प्रदेश डिन कार्यसमितिले स्कूलका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरी मनाएको हो ।
यस्तै डिप्लोमा ईन्जिनियरीङ्ख एसोसिसन डिन केन्द्रीय कार्य समिति ललितपुर जिल्लाको बजारमा रक्तदान कार्यक्रम बार्षिक उत्सव मनाएको हो । डिन सुदुरपश्चिम प्रदेश कार्य समितिले रक्तदान कार्यक्रम गरेको हो ।


डिन जिल्ला कार्य समिति दैलेखले बिमारीलाई फलफुल तथा जुस बितरण गरेको थियो । डिन जिल्ला कार्य समिति कालिकोटले पनि कालिकोट जिल्ला अस्पताल बिरामीलाई फलफुल बितरण गरेको डिनका केन्द्रीय उपाध्यक्ष भीमबहादुर रावलले बताए ।

उनले भने, डिनको काउन्सिलमा दर्ता भए सबै डिप्लोमा र प्रिडिप्लोमाका साथीहरुको हकहितका लागि राम्रो हुने र देश बिकासमा समेत टेवा पुग्न प्राबिधिक सहयोग हुने थियो । कति जन शक्ति उत्पालन हुन्छ भने रेकड अबडेट पनि हुने थियो ।

प्रकाशित मिति : २०८१ जेष्ठ १२ गते शनिवार
प्रतिक्रिया दिनुहोस