जुम्ला । जुम्लामा विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाईने भएकाे छ । जेठ १४ देखि १६ गते सम्म विभिन्न कार्यक्रम गरि तीन दिन दिवस मनाउने तयारी भएकाे हाे।
तीन दिन सम्म मनाईने दिवस अन्तर्गत गरिने विभिन्न क्रियाकलापका लागि जिल्लास्तरमा ६ वटा निर्णय भएकाे प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले बताए ।
जसमा पहिलाे निर्णय गणतन्त्र दिवस. २०८१ तीन दिनसम्म भव्यताकासाथ मनाउन जिल्ला समन्वय समितिका प्रमुख श्री गौरीनन्द आचार्यज्यूको संयोजकत्वमा चन्दननाथ नगरपालिकाका प्रमुख, जिल्ला स्थित सरकारी तथा गैरसरकारी कार्यालय तथा सुरक्षा निकायका प्रमुख, राजनीतिक दल, पत्रकार, नागरिक समाज समेत रहने गरी जिल्लास्तरीय समिति गठन गर्ने निर्णय भएकाे छ ।
दाेस्राे जेष्ठ १४.१५ र १६ गते तीन दिनसम्म जिल्ला स्थित सबै सरकारी निकाय, प्रतिष्ठान तथा संघ संस्थाका कार्यालयहरूको छत, वरण्डा र परिसरमा निर्धारित साइजका राष्ट्रिय झण्डा मर्यादापूर्वक राखी सजाउने र साझ सम्पूर्ण कार्यालयहरू र जिल्ला वासीका घर-घरमा समेत दीप प्रज्वलन गर्ने गराउने,तेस्राे जेष्ठ १४ गते बिहान ७:०० बजे जिल्ला प्रशासन कार्यालयको परिसर लगायतका स्थानहरूमा डिभिजन वन कार्यालयको सहयोगमा वृक्षारोपण कार्यक्रम आयोजना गर्ने र साझ स्थानीय कृष्ण मन्दिर परिसरमा भेला भई दिप प्रज्वलन गर्ने निर्णय भएकाे प्रजिअ घिमिरेले जानकारी दिए ।
त्यस्तै चाैथाे निर्णयमा जेष्ठ १५ गते विहान ७:०० बजे जिल्ला प्रशासन कार्यालय अगाडि भेला भई प्रभात फेरीसहित बजार परिक्रमा गर्ने,पाँचाैमा जेष्ठ १६ गते विहान ७:०० बजे बजार सरसफाई गर्ने र ८:०० बजे स्थानीय कृष्णा मन्दिर अगाडि भेला भई वातावरण संरक्षण सम्बन्धी जनचेतनामूलक सडक नाटक चन्दननाथ नगरपालिका, जुम्लाको आयोजनामा संचालन गर्ने र यसमा डिभिजन वन कार्यालय, भू तथा जलाधार व्यवस्थापन कार्यालय, वनस्पति अनुसंधान केन्द्र तथा नेपाल रेडक्रस सोसाइटी. जिल्ला शाखाले आवश्यक सहयोग तथा सहजीकरण गर्ने र छैटाैमा दिवस अवधीभर जिल्लामा रहेका सार्वजनिक महत्त्वका स्थानहरू, समाजिक-सांस्कृतिक तथा ऐतिहासिक पुरातात्विक महत्वका सम्पदास्थलहरूको सरसफाई सहित परिसर एवं संभावय स्थलहरूमा निर्वाचित जनप्रतिनिधि, स्थानीय समाजसेवी, राष्ट्रसेवक कर्मचारी एवं सुरक्षाकर्मीहरू समेतको सामुहिक सहभागितामा सांझ दीप प्रज्वलन गर्ने निर्णय गरिएकाे छ ।
तीन दिन सम्म हुने विभिन्न कार्यक्रममा उपस्थित हुन दिवसलाई भव्य रुपममा सम्पन्न गर्न सबैमा प्रशासनले अनुराेध गरेकाे छ ।



