जुम्ला – जुम्लाका तीन जना पत्रकारलाई क्रियाशिल पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नयाँ पत्रिका संवाददाता मानदत्त रावल, विविसि संवाददात कृष्णमाया उपाध्याय र मध्यान्न दैनिक संवाददाता दिलमाया शाहीलाई क्रियाशिल पत्रकारिता पुरस्कार प्रदात गरिएको हो ।
नेपाल पत्रकार महासंघ जुम्ला शाखाले गणतन्त्र दिवसको अवसरमा युवा तथा खेलकुद पत्रकारिता पुरस्कार प्रदान गरेको हो । पुरस्कार गाउँपालिका महासंघका केन्द्रीय उपाध्यक्ष तथा हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाही, प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेलगायतले पुरस्कार हस्तान्तरण गरेका हुन् ।

नयाँ पत्रिकाकर्मी रावलसँगै पत्रकार शाहीलाई गौरी पदम स्मृति पत्रकारिता पुरस्कार र उपाध्यायलाई महिला तथा बालबािलका पत्रकारिता पुरस्कार प्रदान गरिएको जनाएको छ । प्रमाण पत्र, दोसल्लाहसहित पुरस्कार रासी क्रमश १० हजार एक सय रुपियाँ, ११ हजार एक सय ११ रुपियाँ र १० हजार एक सय रुपियाँ प्रदान गरिएको छ ।
यस्तै सञ्चार माध्याम रेडियो कर्णाली, रेडियो नारी आवाज र रेडियो सिजाखोलालाई प्रमाण पत्रसहित सम्मान गरिएको छ । क्रियाशिला पत्रकारिता पुरस्कार कोष स्थापनार्थ सहयोग गरेबापत नेपाल पत्रकार महासंघ जुम्लाले हिमा गाउँपालिका जुम्लालाई पनि सम्मान गरेको छ ।

नेपाल पत्रकार महासंघ जुम्ला शाखामा हिमा गाउँपालिका जुम्लाको पाँच लाख सहयोगमा क्रियाशिला पत्रकारिता पुरस्कार कोष स्थापना गरिएको छ । सोही कोष मार्फत पत्रकारलाई पुरस्कृत गरिएको नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले बताए ।
उनले भने, गाउँपालिका महासंघका केन्द्रीय उपाध्यक्ष तथा हिमा गाउँपालिका अध्यक्ष शाहीले आजै नेपाल पत्रकार महासंघ जुम्लामा स्थापना गरिएको पाँच लाखको क्रियाशिल पत्रकारिता पुरस्कार कोष उद्घाटन गर्नु भएको हो ।
जुम्ला महासंघका स्थापक अध्यक्ष नरेन्द्रनाथ योगीले गणतन्त्र ल्याउन संचारकर्मी तथा पत्रकारको महत्वपूर्ण भुमिका रहेको बताए । उनले भने दश वर्षे जनयूद्धमा पनि भुमिका रहेको थियो ।

गाउँपालिका महासंघ केन्द्रीय उपाध्यक्ष तथा हिमा गाउँपालिका अध्यक्ष शाहीले पत्रकारितामा थप क्रियाशिलतामा उत्प्रेरित गर्नका लागि पत्रकारिता पुरस्कार कोष स्थापना गरिएको बताए । उनले भने सामाजिक क्षेत्र हिमा गाउँपालिकाले लगानी गर्दै आएको छ ।
प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले यस्ता पत्रकारिता पुरस्कारले पत्रकारलाई थप क्रियाशिलतामा ल्याउने बताए । उनले भने यस्ता गतिविधि गर्दै जानु पर्दछ । जसले क्रियाशिलतामा थप उर्जा मिल्ने गर्दछ ।



