दलित यूवालाई फोटो र भिडियो ग्राफी तालिम

जुम्ला । दलित समुदायको सशक्तीकरण तथा क्षमता विकास गर्नको लागि जुम्लामा फोटो तथा भिडियो ग्राफी सम्बन्धी तीन दिने तालिम सञ्चालन गरिएको छ । दलित समुदायको युवा जनशक्तिलाई प्रविधिमा जोड्न र क्षमता विकासको ३ दिने फोटो तथा भिडियो ग्राफि तालिम सञ्चालन गरिएको हो ।

प्रविधिको विकास संगै दलित समुदायका यूवालाई प्रविधि संग जोड्न र क्षामता विकासका लागि तालिमको आयोजना गरिएको सामाजिक विकास कार्यालय जुम्लाका प्रमुख तुलराज चौलागाईले बताए । उनले भने,‘हामीले धेरै पटक सिलाई कटाई, जस्ता विविध सीप मूलक तालिम दियौ । यो पटक फोटो तथा भिडियो ग्रफि तालिमले युवालाई प्रविधिमा जोड्ने आशाका साथ यो तालिम चलाएका छौ । यसले पेशागत दक्षता बृद्धी गर्ने अपेक्षा पनि छ ।’

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले फोटो तथा भिडियो ग्राफि तालिम युग सुहाउँदो तालिम भएकोले यसबाट यूवाले धेरै लाभ लिन सक्ने बताए । सिप सिकेर फोटो तथा भिडियोको व्यवसायीक काम गर्न सकिने सम्भावना रहेकोले राम्ररी सिक्न पनि प्रजिअ घिमिरेले यूवाहरुलाई आग्रह गरे ।

अहिलेका यूवाहरुको माग र चाहनानुसार फोटो भिडियो ग्राफि तालिमको आयोजना गरिएको सह प्रशिक्षक प्रकाश उपाध्यायले बताए । उनका अनुसार फोटो भिडियो बेचेरै मनग्य आम्दानी गर्न सकिने भएकोले यूवालाई सिप सिकाउन थालिएको हो ।

तालिममा तातोपानी गाउँपालिका,चन्दननाथ नगरपालिका र तिला गाउँपालिकाकाबाट सहभागी १५ जनामा १४ यूवा र एक यूवतीको सहभागीता रहेको छ । भने एक जना प्रशिक्षक र एक सहायक प्रशिक्षक प्रशिक्षण दिएका छन् । तालिम १८ गते सम्पन्न हुने छ ।
सामाजिक विकास कार्यालयको आर्थिक सहयोग र सिंजा मल्टिमिडिया,कुटिरो रिसर्च सेन्टर र प्रेस युनियन जुम्लाको सहजीकरणमा बुधबारदेखि तालिम सञ्चालन भएको हो ।

प्रकाशित मिति : २०८१ जेष्ठ १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस