जुम्ला – जुम्लाको पातारासी गाउँपालिका प्राविधिक शाखा प्रमुख ईन्जिनियर नविन शाहीमाथि कुटपिटको विषयमा चौतर्फी विरोध भईरहेको छ । सोही गाउँपालिका – ६ उर्थुगाउँका विष्णु विष्टले हातपात गरी दुव्र्यवहार गरेको आरोपमा चौचर्फी विरोध भएको हो ।
चालु आर्थिक वर्षको अन्तिम भुक्तानीका लागि आयोजना नापजाँचदेखि अनुगमन गर्ने समयमा प्राविधिक कर्मचारीले सुरक्षित महशुस हुने गरी काम गर्ने वातावरण नभएका भन्दै आन्दोलित भएका छन् । सडक पहिरो पन्छाएको कामको प्राविधिक विल भन्दा बढी भुक्तानी लिने खोजेपछि विवाद हुदा ठेकेदार विष्टले इन्जिनियर शाहीमाथि हातपात गरेका गरेका हुन् ।
नेपाल निजामति कर्मचारी संगठन, जिल्ला कार्यसमिति जुम्लाले पनि घटनाका दोषीमाथि कानुनी कारवाहीको माग गर्दै प्रेस विज्ञप्ति जारी गरेको छ । यस्तै डिव्लोमा इन्जिनियर्स एशोसिएसन नेपाल जिल्ला कार्यसमिति जुम्लाले पनि कानुनी कारवाहीको माग गरेको छ ।

नेपाल ईन्जिनियर्स एशोसिएसन, कर्णाली प्रदेश कार्यालयसहित जिल्ला भरका झण्डै ८० जना कर्मचारीले संयूक्त हस्ताक्षर गरेर दोषीमाथि कानुनी कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय जुम्लाको ध्यानाकर्षण गरेका छन् ।
प्रहरीले गिरफ्तार गरेको छ । घटनाका आरोपित विष्टलाई प्रहरीले गाउँपालिका कार्यालयबाट जेठ १६ गते पक्राउ गरेको हो । कर्मचारीमाथि हातपात गरेको आरोपमा प्रहरीले ठेकेदार विष्टलाई पक्राउ गरेको प्रहरी निरीक्षक उमेश चन्दले बताए । उनले भने घटनाको विषयमा अनुसन्धान भईरहेको छ ।
कार्यकक्षमै ईन्जिनियर कुटिएपछि पातारासीका प्रमुख प्रशासकिय अधिकृत सहित सम्पुर्ण कर्मचारीले संयुक्त विज्ञप्ती जारी गर्दै दोषीमाथि कानुनी तथा न्यायीक उपचार नहुँदा सम्म संविधान र स्थानीय सरकार संचालन ऐनले निर्दष्ट गरेको जिम्मेवारी निर्वाह गर्न नसकिने बताएका छन् । भयावह वाताबरणमा काम गर्न नसकिने भन्दै कानुनी उपचार नभई काम नगर्ने अडानमा कर्मचारीहरु छन् ।
प्रशासकिय अधिकृत सहित १४ जना कर्मचारीद्धारा हस्ताक्षेरित विज्ञप्तीमा भनिएको छ, जेठ १६ गते दिउँसो ४ बजे पातारासी गॉउँपालिकाको अध्यक्ष ज्यूको कार्यकक्षमा प्राविधिक शाखा प्रमुख शाहीमाथि भएको हो ।
प्रकृया पुरा नगरी भुक्तानी दिन दवाब दिदै हातपात तथा कर्मचारीको मानमर्दन हुने गरी विभिन्न अपशब्द प्रयोग समेत गरेको हुँदा यस पातारासी गाँपालिकामा स्वच्छ कानुन सम्वत कार्यसम्पादन गर्न नसकिने र अत्यन्तै भयाभहक वातावरण सिर्जना भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यस घटनाको कानूनी तथा न्यायिक उपचार नहुँदा सम्मका लागि नेपालको संविधान तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले निर्दष्ट गरेको जिम्मेवारी निर्वाह गर्न नसकिने व्यहोरा हामी सम्पूर्ण कर्मचारीहरु यसै विज्ञप्तिमार्फत जानकारी गराएका छन्ं ।
प्रमुख प्रशासकिय अधिकृत लोक बहादुर रावलले अध्यक्ष ज्युको कार्यकक्षमै भनाभन भएको बताए । उनले भने, ठेकेदार विष्टले पटक पटक आउने कर्मचारी धम्क्याउने गरेको र कार्यकक्षमै पुगेर अपशब्द बोल्नुका साथै धकेलमकल भएपछि काम गर्ने वाताबरण छैन ।
उनले भने, ‘दुई लाखको योजना भुक्तानी हो । ठेकेदार प्रक्रिया पुरा नगरी आएको हुन् । ईन्जिनियरले उठाएको विल भन्दा बढी भुक्तानी पाउनु पर्ने ठेकेदारको दाबी छ । काम गर्ने वाताबरण नभएपछि विज्ञप्ती जारी गरेका हौँ ।

जिल्लाभर सरकारी निकायमा कार्यरत प्राविधिक कर्मचारीले घटनाका दोषीमाथि कानुन कारवाहीको माग गर्दै आन्दोलित भएका छन् । कानुनी कारवाहीको माग गर्दै सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमाललाई ध्यानाकर्षण पत्र बुझाएको चन्दननाथ नगरपालिका प्राविधिक शाखा प्रमुख लोकेन्द्र महतले बताए ।
सहायक प्रमुख जिल्ला अधिकारी हमालले ध्यानाकर्षण बुझ्दै घटनाको अनुसन्धान गरी सत्यतथ्य पत्ता लगाएर दोषीमाथि कानुनी कारवाही गर्ने प्रतिबद्धता जनाए ।



