तीन दिने फोटो तथा भिडियो ग्राफी तालिम सम्पन्न

जुम्ला । दलित समुदायका यूवाको सशक्तीकरण तथा क्षमता विकास गर्नको लागि आयोजित तीन दिने फोटो तथा भिडियो ग्राफी तालिम सम्पन्न भएको छ । जुम्लाका १५ जना यूवाको सहभागिता रहेको उक्त तालिम शुक्रबार सम्पन्न भएको हो ।

यो तालिमले भविष्यमा सफल फोटो तथा भिडियो ग्राफी बन्न र यसैलाई पेसागत रूपमा लिन मदत पुग्ने सामाजिक विकास कार्यालयका प्रमुख तुलराज चौलागाईंले बताए । उनले भने,‘यो तीन दिनको समयमा धेरै कुरा सिक्न नसकेपनि आधारभुत कुरा सिकाएर बाटो देखाउन काम गरिएको छ । जसले गर्दा यस क्षेत्रमा पाइला अगाडि बढाउन सहज हुनेछ भन्ने अपेक्षा राखेको छौ ।’

आधुनिक समयको माग अनुसार तालिम सञ्चालनबाट सिकेको सिपलाई व्यवहारमा लागु गर्नु पर्ने प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले बताए । सूचना प्रबिधिको जमानामा फोटो र भिडियोको कामको पनि प्रतिस्पर्धा छ । यसले प्रचार प्रसार गर्न ठूलो मद्दत गर्दछ । सानो भिडियोले क्रान्ति ल्याउन सक्छ,’ प्रजिअ जयकुमार घिमिरेले भने,‘सीप र क्षमता विकासको अवसरमा लगानी गर्नपर्छ । यो अवसरलाई सहि सदुपयोग गर्नु हुनेछ भन्ने विश्वास छु ।’

फोटो तथा भिडियो ग्राफी तालिमले मद्दत पुगेको सहभागि काली बहादुर परियारले बताएका छन् । उनले भने,‘हामीले क्यामेरा खोल्न र खिच्न मात्र जानेका थियौ तर यी तालिम पछि फोटो तथा भिडियोमा गरिने प्राविधिक कुरा सबै सिक्दा थप मद्दत पुगेको छ । सकेसम्म सिपलाई व्यवहारमा लागु गर्छौ ।’

तातोपानी गाउँपालिका, चन्दननाथ नगरपालिका, गुठिचौर गाउँपालिका र तिला गाउँपालिकाबाट सहभागी थिए भने १५ जना यस तालिमबाट लाभान्वित भएका छन् । तालिम सामाजिक विकास कार्यालय जुम्लाको आर्थिक सहयोग तथा सिंजा मल्टी मिडिया प्राली,कुटिरो रिसर्च सेन्टर प्रेश यूनियनको सहजीकरणमा तालिमको आयोजना गरिएको हो ।

प्रकाशित मिति : २०८१ जेष्ठ १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस