जुम्ला । सामाजिक गतिविधिमा महिला सहभागिता अनिवार्य गरेसंगै हिमा गाउँपालिकाका महिला नेतृत्व लिन अग्रसर हुन थालेका छन् । चुलाे चाैकाे,मेलापातमेै सिमित हुने महिला चेतनाकाे बृद्दि संगै विकास निर्माणदेखि राजनीतिक तथा सामाजिक नेतृत्व लिन महिला अग्रसर हुन थालेका हुन् ।
समाजमा महिला नेतृत्व सहजै स्विकार नर्गने पृत्तीसत्तात्मक साेच कायमै भएपनि अहिले महिलाहरु आफ्नाे अधिकार खाेजी गर्न सक्ने भएकाे हिमा गाउँपालिकाकी उपाध्यक्ष सुर्पना शाही बताउँछन् ।
उनी भन्छन्,’हिमा सुस्वा परियाेजनाले खानेपानी विकास र सरसफाईमा मात्रै लगानी गरेकाे छैन् । पालिकाका महिला जनप्रतिनिधिदेखि कर्मचारीलाई शसक्त बनाउन क्षामता विकासका कार्यक्रम गरेकाे छ । जसले गर्दा महिलाहरु आफ्ना कुरा खुलेर राख्न सक्ने भएका छन् ।’
अधिकांश महिला जनप्रतिनिधि पालिकामा ताली बजाउने मात्रै छन् । उनिसंग विचार नभएर बाेल्न नआएर हाेईन,बाेलीहालेमा केही विग्रिन्छ कि,बाेलेपनि कार्यान्वयन हुदैन् । गाउँमा विकास आयाेजनामा पनि महिलाकाे ईच्छा चाहना हुँदा हुँदै पनि नेतृत्वमा महिलालाई राख्दैनन् । जसका कारण महिलाहरु हरेक क्षेत्रकाे नेतृत्वमा पछि परेका छन् ।
महिलाहरुका यी विभित समस्यालाई मध्यनजर गर्दै हिमा गाउँपालिका जुम्ला र सबैको लागी दिगो खानेपानी सरसफाइ तथा स्वच्छता आयोजना (सुस्वा) परियाेजना मार्फत निर्वाचित महिला जनप्रतिनिधि र पालिकामा कार्यरत महिला कर्मचारीहरुलाइ नेतृत्व विकास सम्बन्धि कार्यशाला गोष्ठी संचालन गरिएकाे वास संयाेजक सुमित्रा शाहीले बताईन् ।
उनले भनिन,’सुस्वा परियाेजनाले हिमाकाे खानेपानी विकाससंगै महिला शसक्तिकरण,नेतृत्व विकास,सरसफाई आनीवानी सुधारमा विभिन्न काम गरिरहेका छाै । जसले महिलाकाे क्षामता विकास हुने र नेतृत्वमा अग्रसर हुने अपेक्षा छ ।’
महिला नेतृत्व विकास सम्बन्धी गाेष्ठीकाे संचालन परियोजना सहयोगी इकाई सुर्खेतका सुशासन बिज्ञ निराजन श्रेष्ठले गरेका थिए । सुस्वा परियाेजनाले हिमामा खानेपानी,सरसफाई महिनावारी स्वछतामा उल्लेखीय काम गरेकाे छ ।



