नीति,कार्यक्रम र बजेटका लागि सुझाव संकलन गर्दै सिंजा

जुम्ला ।  ताताेपानी गाउँपालिकाले आगामी आवकाे  नीति तथा कार्यक्रम र बजेट निर्माणका लागि सुझाव संकलन गर्न थालेकाे छ ।  आगामी आव २०८१।०८२ को निति तथा कार्यक्रम र बजेट निर्माणकाे लागि पालिकाबासीहरुबाट सुझाव संकलन गर्न थालेकाे हाे ।

बुधाबार सूचना जारी गर्दै सिंजाबासीलाई आबश्यक रचनात्मक सुझाव दिन अनुराेध गरेकाे छ ।

आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्न उपयुक्त हुने बिषयहरुमा अमुल्य सुझावहरु दिन अनुराेध गरिएकाे प्रमुख प्रशासकिय प्रमुख प्रशासकिय अधिकृत पवित्रा शाहीले बताईन् । सार्वजानिक अपिल गरेर सबैका राय सुझाव लिनु भनेकाे विचारकाे सम्मान गर्नु हाे ।

उनले भनिन,’स्थानीय सरकार जनताकाे सरकार भएकाेले जनताबाट माग भएकै याेजना नीति कार्यक्रम प्रथामिकतामा हुन्छन् ।  ।   त्यसैले आगामी अषाढ ५ गते भित्र यस गाउँपालिकाकाे ईमेल ठेगानामा सुझाव पठाउन सूचना  गरिएकाे हाे ।’

पालिका स्थित विभिन्न संघ सस्था, शिक्षक, बुद्धिजिवी, विज्ञ, राजनैतिक दल, ब्यवसायी, समाजसेवी, पेशाकर्मी, जनप्रतिनिधी, कर्मचारी, संचारजगत, नागरिक समाज, जेष्ठ नागरिक, अपाङ्ग, दलित, महिला, बालबालिका, पिछडिएका वर्ग तथा आम नागरिकहरुबाट आबश्यक सुझाव दिन आग्रह गरिएकाे गाउँपालिका अध्यक्ष पूर्ण प्रसाद धितालले बताए ।

प्रकाशित मिति : २०८१ जेष्ठ ३१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस