जुम्ला । हिमा गाउँपालिकामा दोस्रो पटक बृहत्त पढाई मेला हुने भएको छ । हिमाले गतवर्षदेखि आयोजना गर्दै आएको पढाई मेला यस वर्ष पनि गर्ने भएको हो ।
विद्यार्थीको शिक्षण सिकाई बृद्धि तथा शिक्षा सुधारमा अभिभावक,शिक्षक,अन्य सरोकारवालालाई जिम्मेवार बनाउन र बालबालिकाको प्रतिभा क्षामता प्रर्दशन तथा प्रोत्साहन गर्न हिमाले पढाई मेलाको आयोजना गर्न लागेको गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले बताए ।
जिल्लामै पहिलो नमुना कार्यका रुपमा आयोजना हुन लागेको पढाई मेलालाई सफल बनाउन गाउँपालिकाले तयारीलाई तिब्रता दिएको छ ।
असार ५ र ६ गते संचालन हुने मेलामा समग्र जिल्लाका प्रबुद्ध व्यक्तिलाई निम्तो दिइएको छ । मेलामा पढाइ सामाग्री तथा पाठ्य पुस्तक पनि प्रदर्शन गरिने छ । बालबालिकाले निर्माण गरेका विभिन्न सामाग्री समेत प्रर्दशन गरिने छ ।
हिमा गाउँपालिकाको आयोजनामा पढाई मेलाको आयोजना गरिएको हो । हिमा विद्यालयहरु गरेका नमुना अभ्यासहरु पनि एक आपसमा आदन प्रदान हुने छन् । हिमा गाउँपालिका रूपाकोट आधारभुत विद्यालय मेलाको आयोजना गरिने छ ।
हिमा गाउँपालिका शिक्षा शाखा प्रमुख दन्त बहादुर शाहीले शिक्षा क्षेत्रको विकासमा पढाई मेलाले ईटा थपेको बताए । उनका अनुसार पढाई मेलामा शिक्षक र बिद्यार्थीहरुको भेला सगै शिक्षण सिकाईका क्रियाकलप र बिभिन्न प्रतियोगीता पनि आयोजना गरिने छ । पढाई मेलाले सामुदायिक विद्यालय तथा शिक्षण विधि सुधारमा सबैको ध्यानर्कषण समेत गराउने अपेक्षा गरिएको प्रमुख प्रशासकिय अधिकृत रण बहादुर बुढाले बताए ।



