हिमामा दाेस्राे पढाइ मेला: ‘सामुदायिक विद्यालय सुधारदेखि प्रतिभा पहिचानमा जाेड’

जुम्ला । सरकारले सामुदायिक विद्यालय सुधारका लागि वर्षेनी करोडौँ लगानी गरेपनि अपेक्षित उपलब्धी हुन सकेको छैन । सरकारी लगानी उपलब्धी विहीन बन्दै छ ।

नेपालको संविधानले माध्यमिक तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क हुने व्यवस्था गरेको छ । शैक्षिक, प्रशासनिक तथा भौतिक अवस्था कमजोर भएकै कारण सामुदायिक विद्यालयमा विद्यार्थी टिकाउनै मुस्किल छ । नीजि विद्यालय प्रतिको बढ्दो आकर्षणले सरकारी लगानीका सामुदायिक विद्यालयहरूमा विद्यार्थीकाे आर्कषण न्यून छ । स्थानीय तहले पनि सामुदायिक विद्यालयमा विद्यार्थी बढाउन खासै ठाेस नीति ल्याउन सकेका छैनन् ।

यद्यपि, सरकारले सरकारी विद्यालयमा विद्यार्थी टिकाउन छात्रवृत्तिदेखि दिवा खाजा कार्यक्रम सञ्चालन गरेको छ । सङ्घीयतापछि अपेक्षित रुपमा शैक्षिक क्षेत्रको उन्नयका लागि नीति र लगानी भएको पाईदैन् । सामुदायिक विद्यालयको व्यवस्थापनसँगै शिक्षा पनि कमजोर हुने, व्यवहारिक शिक्षाको अभाव र मूलतः शिक्षक, अभिभावक र विद्यार्थीहरू नै जिम्मेवार तथा कर्तव्यनिष्ठ नहुँदा सामुदायिक विद्यालयको शैक्षिक स्तर खस्किँदै गएको छ ।  

तर जुम्लाकाे हिमा गाउँपालिकाले भने सामुदायिक विद्यालय सुधार,बालबालिकाकाे प्रतिभा पहिचान तथा व्यवहारिक शिक्षाका लागि भने नयाँ अभ्यास गर्दै आएकाे छ ।
कर्णालीका ७९ वटा पालिका मध्य पहिला पालिकाका रुपमा हिमाले हरेक वर्ष पढाइ मेला गर्दै आएकाे छ । जसले गर्दा विद्यालय सुधार देखि बालबालिकाकाे प्रतिभा पहिचान,क्षामता विकासमा जाेड दिएकाे छ ।

गर्षदेखि सुरु भएकाे पढाइ मेेलालाई हिमाले यश वर्षपनि निरन्तरता दिएकाे छ । बुधबार र विहिबार दुई दिन आयाेजित पालिकास्तरीय पढाइ मेलमा नीजि विद्यालय प्रतिको आर्कषण घटाउन, सामुदायिक विद्यालयको शिक्षालाई व्यवहारिक एवम् जीवन उपयोगी बनाउन,विद्यालय सुधारका लागि शिक्षक, अभिभावक र विद्यार्थीलाई जिम्मेवार बनाउने उद्देश्यले जिल्लाकै पहिलो बृहत् पालिका स्तरीय पढाई मेलाको आयोजना गरेको हाे ।

हिमा गाउँपालिका–१ स्थित रुपाकाेट आधारभूत विद्यालयमा आयोजित पढाई मेलामा पालिकाका सात वडाका सबै विद्यालयले विभिन्न शैक्षिक स्टल प्रदर्शन गरेका छन् । जसमा स्थानीय स्रोत साधनको प्रयोग गरी निर्माण गरेका कृषि तथा उद्यमशीलता सामाग्री, विषयगत पठन सामाग्री निर्माण, विद्यार्थीहरूले आफै निर्माण गरेका सृजनात्मक सामाग्रीहरू –कथा कविता, निबन्ध, गीत, त्यस्तै, चित्रकला, हस्तकला सम्बन्धी बनाएका सामाग्री, प्रर्दशन गरेका छन् ।

अन्नबाट नेपालकाे नक्सा,डाेजर,जहाज,हलाे जुँवा,झण्डा,विभिन्न आकृति समेत बनाएका थिए ।
 । साथै अन्तरविद्यालय स्तरीय देउडा गीत, निबन्ध, वक्तृत्वकला, हाजिरी जवाफ, नृत्य र कम्प्युटर टाइपिङ,मेमाेरी गेम लगायत प्रतियोगिता र स्टल प्रर्दशनमा उत्कृष्ट आउने विद्यालय र विद्यार्थीलाई पालिकाले पुरस्कार समेत दिदै आएकाे छ ।

दाेस्राे पढाईमा मेलामा हजाराैकाे संख्यामा सहभागी अभिभावककाे उत्साहले शिक्षाकाे गुणस्तर विद्यालय सुधारका लागि मेला सफल बन्दै गएकाे देखाएकाे छ ।

इच्छा शक्ति भएको खण्डमा सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधारमा कुनै कठिनाइ नहुने सन्देश हिमाकाे पढाइ मेलाले दिएकाे छ

पढाइ मेलामा सहभागी हुन जुम्ली पुगेकी प्रतिनिधि सभा सदस्य रुपा विकले शिक्षा क्षेत्रमा हिमा गाउँपालिकाले गरेकाे काम सबैका लागि अनुसरण याेग्य रहेकाे बताईन् ।

उनले भनिन,’हामीले आर्थिक,साँस्कृति मेला धेरै आयाेजना हुने गरेकाे देखेका छाै । तर पढाइ मेला कतै हुदैनन् । निन्त्तर दाेस्राे वर्ष आयाेजित पढाइ मेलाले विद्यार्थी अभिभावक शिक्षामा जाँगरण थपिएकाे देखियाे । पढाईमेला सबै पालिकाले गर्न जरुरी छ ।’

नेपाली काँग्रेसकी केन्द्रीय सदस्य समेत रहेकी विकले सामुदायिक विद्यालय सुधारका निम्ति हिमाले गरे जस्तै रचनात्मक काम गर्नु पर्ने,उल्लेख गरिन्
संविधान सभा सदस्य तथा नेपाली काँग्रेस कर्णाली प्रदेशका सभापित ललितजंग शाहील शिक्षाकाे विकास बिना भाैतिक विकासकाे अर्थ नहुने कुरालाई हिमाकाे पढाइ मेलाले थप परिभाषित गरेकाे बताए ।

हिमा सरकार जनताकाे मन जित्ने काम गर्दै गएकाेमा अझै जनमुखी काम गर्न सुझाव दिए । शिक्षा चेतनाकाे कमीले पछि परेकाे ग्रामिण समाजलाई अघि बढाउन, सामुदायिक विद्यालयलाई अब्बल बनाउन पढाइ मेला जस्ता रचनात्मक कार्यक्रम काेशे ढुंगा बन्ने उल्लेख गरे ।

हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले चुनावी घाेषणापत्रनुसार हिमाकाे स्वास्थ्य,शिक्षा सुधारका लागि सुरुदेखिनै देखिने खालका कार्यक्रम गर्दै आएकाे बताए ।

सामुदायिक विद्यालयमा डिजिटल हाजिरीदेखि फ्रि वाई फाई जडान गर्ने, सरकारी विद्यालयमा बालबालिकाको पहुँच वृद्धि गर्ने, अंग्रेजी माध्यमबाट पढाउने व्यवहारिक शिक्षामा जोड लगायतका काम गर्दै आएकाे छ ।

हामीले पालिका प्रशासनिक केन्द्र टुग्याएका छाै । हजाराै लाई राहत हुने स्वास्थ्य शिविर चलायाै । निशुल्क एम्बुलेन्स सेवा सुरु गरेका छाै । हिमामा भैईरहेकाे कर्णालीकै पहिलाे पढाइ मेला सामुदायिक विद्यालयको शैक्षिक सुधार गर्ने एक अस्त्र हो । अध्यक्ष शाही भने,’विद्यार्थी शिक्षक अभिभावक बीचका ज्ञान सिप अनुभव आदान प्रदान गर्ने, स्थानीय स्रोत साधनबाट विभिन्न सामाग्री बनाउन विद्यार्थीलाई प्रेरित गर्ने, पठन सिपको विकास, सिकाई उपलब्धी हासिल गर्न तथा सामुदायिक विद्यालयको शिक्षा सुधार गर्न पढाई मेला गरेका हाै ।

मेलालाई सामुदायिक विद्यालयको शिक्षा सुधार गर्ने नयाँ अभ्यासका रुपमा लिएका छाै । यस्ता कार्यक्रमले सामुदायिक विद्यालयप्रति नागरिकको सकारात्मक धारणा विकास हुने समेत अपेक्षा छ ।’

गाउँपालिका महासंघका केन्द्रीय उपाध्यक्ष समेत रहेका शाहीले हिमाकाे नेतृत्व सम्हाली सकेपछि पूर्वाधार विकास,स्वास्थ्य,शिक्षा,खानेपानी लगायतका क्षेत्रकाे विकासमा गम्भीर भएर लागेकाे दाबी गरे । उनका अनुसार दुईवर्षमा हिमाका ११ सय ४० घरमा एकघर एकधारा पुगेकाे छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरे,नेपाली काँग्रेसका पूर्व पार्टि,सभापति दिप बहादुर शाही,नेकपा एमालेका जया बहादुर खत्री,नेकपा माओबादी केन्द्रका वैकल्पीक केन्द्रिय सदस्य लक्ष्मीकन्या बुढा,प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेले,पत्रकार महासंघका अध्यक्ष नेत्र बहादुर शाहीले सामुदायिक विद्यालयको खस्किँदो शैक्षिक शिक्षा अवस्था सुधार गर्न तथा बालबालिकाको पहुँच वृद्धिका लागि पढाइ मेला कार्यक्रम प्रभावकारी भएकाे बताएका छन् ।

पाठ्यपुस्तकको ज्ञानसँगै विद्यार्थीलाई बाहिरी ज्ञानमा पनि पोख्त बनाई भविष्यमा दक्ष जनशक्ति बनाउन रचनात्मक, प्रयोगात्मक कार्यक्रममामा मेलाले जाेड दिएकाे उनिहरुकाे भनाई छ । पढाइ मेला साढे दुई हजारभन्दा बढीले अवलोकन गरेका छन् । भने मेला विहिबार मेला समापन भएकाे छ ।

प्रकाशित मिति : २०८१ असार ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस