किर्डाक नेपालको रजत जयन्तीमा सुस्तश्रवण बालबालिकालाई सहयोग

जुम्ला – किर्डाक नेपालले २५ औँ वर्षमा प्रवेश गरेको अवसरमा देशका २२ जिल्लामा रजत जयन्ती मनाएको छ । २०५६ असार ७ गते स्थापना भएको किर्डाक नेपाल जुम्ला रजत जयन्ती मनाएको हो । सामुदायिक विद्यालयमा अध्ययनरत सुस्तश्रवण भएका बालबालिका स्टेसनरीदेखि बृक्षरोपण गरी रजत जयन्ती मनाएको हो ।
कर्णाली माध्यामिक विद्यालय अनामनगरका ३६ जना सुस्तश्रवण भएका बालबालिकालाई एक हजार ४७५ रुपियाँका दरले स्टेसनरी र टेक्शुट सहयोग गरेको हो । किर्डाक नेपालको रजत जयन्तीको अवसरमा चन्दननाथ नगरपालिका – १० गैरागाउँ स्थित ठाकुरज्यू सामुदायिक वनमा ५८ विरुवा वृक्षारोपण गरेको हो ।
यस्तै लागुऔषद दुर्वशनि र ओसारपसार विरुद्वको ¥यालीमा उपस्थित तीन सय विद्यार्थीलाई खाजा र पानीको ब्यबस्थापन गर्नुका साथ होटेल काञ्जिरोहमा औपचारिक कार्यक्रम गरेर केक काटेर रजत जयन्ती मनाएको किर्डाक नेपाल जुम्लाका जिल्ला संयोजक दिपराज रावतले बताए । उनले संस्थाको स्थापना र उद्देश्यका विषयमा प्रष्ट पारेका थिए । यस्तै तातोपानी गाउँपालिका – १ राँका गाउँस्थित गणेश आधारभुत विद्यालयका बालबालिकालाई किर्डाक नेपाल जुम्लाको रजत जयन्तीको अवसरमा स्टेशनरी वितरण गरिएको उनले बताए ।
किर्डाक नेपालले मानव अधिकार, खानेपानी, स्वास्थ्य तथा सरसफाई, गुणस्तरीय शिक्षा, विपद्, खाद्य तथा सम्प्रभुता, सूचनाको अधिकार, कर्णाली राजमार्ग बनाउनमा पहल, सुशासन र जवाफदेहिता र भूकम्प प्रभावित जिल्लाहरुमा पुननिर्माणका काम गर्दै आएको जिल्ला संयोजक रावतले बताए । उनले भने किर्डाक नेपालले विश्वले अंगिकार गरेको दिगो विकासको लक्ष्यलाई सहयोग गर्नको लागि हिमाली क्षेत्रका आम नागरिकको अधिकारलाई सुनिििश्चत र जलवायु परिवर्तनले पारेको असरलाई कम गर्नको लागि पैरवी गर्ने छ ।
किर्डाक नेपालको रजत जयन्तीको औपचारिक कार्यक्रममा जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले सामाजिक क्षेत्रमा गरेको भूमिकालाई बिर्सन नहुने बताए । उनले भने कर्णाली राजमार्ग निर्माण देखि रेडियो कर्णाली जुम्लाको स्थापन गर्दै संचार क्षेत्रमा गरेको योगदान स्मरण योग्य रहेको छ ।
गुठीचौर गाउँपालिका जुम्लाका अध्यक्ष दानवहादुर बुढाले सामाजिक परिवर्तनका लागि किर्डाक नेपालको अग्रेणी भुमिका रहेको बताए । उनले भने सुशासन र जीविकोपार्जनका क्षेत्रमा किर्डाक नेपालले गरेको काम गर्दै आएको छ ।

प्रकाशित मिति : २०८१ असार ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस