हिमाले छात्रबृत्तिमा डाक्टर, ईन्जिनियर र पाईलट पढाउने

जुम्ला । जुम्लाको गाउँपालिकाले शिक्षा क्षेत्रलाई विशेष प्रथामिकता दिएर नीति तथा कार्यक्रम र बजेट ल्याएको छ । सामुदायिक विद्यालय सुधारमा जोड दिदै आएको हिमाले आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि पनि शिक्षा क्षेत्रलाई प्रथामिकता दिएर नीति र बजेट ल्याएको हो ।

हिमा गाउँपालिका भित्रका गरिब विपन्न परिवारका जेहेन्दार विद्यार्थीलाई छात्रबृत्तिमा एमबीबीएस,ईन्जिनियरिङ र पाईलट पढाउने भएको छ । पालिकाको १६ औँ गाउँसभाले ‘अध्यक्षसंग जनता कार्यक्रम’ अन्तरर्गत विभिन्न शैक्षिक सुधारका विभिन्न कार्यक्रम गर्नुका साथै एमबीबीएस, ईन्जिनियरिङ र पाईलट अध्यायनका लागि प्रतिव्यक्तिलाई १० लाख छात्रबृत्ती प्रदान गर्ने कार्यक्रम पारित भएको छ ।

हरेक वर्ष एक÷एक जनालाई एमबीबीएस,ईन्जिनियरिङ र पाईलट तथा महिला तर्फ मास्टर नर्सिङ अध्यायनका लागि १० लाख छात्रबृत्ति उपलब्ध गराईने गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले बताए । हिमाले शैक्षिक क्षेत्र सुधार र बालबालिकाको सिकाई बृद्धिका लागि गत वर्षबाट नियमित पढाई मेला गर्दै आएको छ ।

अध्यक्ष शाहीले भने,‘आगामी दिनमा पनि पढाइ मेलालाई पनि निरन्तरता दिईने छ । तर पालिकाभित्रै डाक्टर पाइटल जन्माउन आगामी आवदेखि कार्यान्वयन हुनेगरी एमबीबीएस,ईन्जिनियरिङ र पाईलट पढाउने नीति ल्याएका छौ । रहेक प्रतिव्यक्तिलाई १० लाख छात्रबृत्ति दिने छौ । पढाई सकेपछि पालिकामा केहि वर्ष सेवा गर्नुपर्ने मापदण्ड पनि बनाउने छौ ।’

शिक्षा प्रणाली सुधार नभई सामाजिक रुपान्तरण सम्भव नहुने तथ्यलाई स्वीकार गर्दै हिमाले आधारभूत तहदेखि उच्च शिक्षाको विकासका लागि उल्लेखीय लगानी गर्दै आएको छ । यसैबीच एकल पुरुषलाई भत्ता दिने कार्यक्रमलाई पनि हिमाले आगामी आवमा निरन्तरता दिने छ । भने, गैरसरकारी संस्थासंग एकद्धारा प्रणाली मार्फत काम गर्न एनजिओ डेस्क स्थापना गर्ने,स्थानीय पाठ्यक्रम निर्माण तथा आधारभूत तहमा लागु गर्ने,निःशुल्क स्वास्थ्य बिमालाई निरन्तरता दिने,शिक्षकको क्षामता विकासमा लगानी बढाउने लगायतका नीतिलाई हिमाले प्रथामिकता दिएको छ ।

६÷६ महिनामा पालिका स्तरीय खेलकुद प्रतियोगिता गर्ने,हिमा गाउँपालिकाका लोक सेवाबाट अधिकृत वा सोभन्दा माथिल्लो पदमा पुगेका लाई सम्मान गर्ने सहित कृषि,पर्यटन,सिँचाई,खानेपानी र पूर्वाधार विकास केन्द्रित नीति बजेट ल्याइएको हिमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रण बहादुर बुढाले बताए ।

हिमा गाउँपालिकाको आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रमसहित ४९ करोड ४१ लाख ९० हजार रुपियाँ बजेट ल्याएको गाउँपालिकाकी उपाध्यक्ष सुर्पना शाहीले बताईन् ।

प्रकाशित मिति : २०८१ असार १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस