जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकाले जिल्लामै पहिलो सामुदायिक विद्यालयमा अर्गानिक दिवा खाजा खुवाउने गरेको छ । विद्यालयमा बालबालिका आर्कषित गर्न, पोषण स्थितीमा सुधार ल्याउन र रैथाने बालीको उत्पादन बढाउन तातोपानीले विद्यालयमा अर्गानिक दिवाँ खाजा खुवाउदै आएको हो ।
अनिवार्य विद्यालयमा दिवा खाजा अर्गानिक वस्तु खुवाउने नीति ल्याएसंगै पालिकाका २९ वटै सामुदायिक विद्यालयमा अर्गानिक वस्तुबाट बनेका खाजा खुवाउने गरिएको तातोपानी गाउँपालिकाका अध्यक्ष नन्द प्रसाद चौलागाईले बताए ।
गत वर्षबाट अर्गानिक दिवाँ खाजा खुवाउदै आएको तातोपानीले आगामी आवबाट थप व्यवस्थित गर्दै लिने तयारी गरेको छ । जसअन्तरर्गत पालिकाकम कृषि सहकारी तथा उत्पादन समुहसंग समन्वय गरी उनिहरुले उत्पादन गरेका वस्तु खरिद गर्ने विद्यालयमा अर्गानिक खाजा खुवाउने गरिएको छ ।

अर्गानिक दिवाँ खाजाले फाईदै फाईदा रहेका छन् । अध्यक्ष चौलागाँई भन्छन,‘स्थानीय कृषकका रैथाने कृषी उपजहरुलाई दिवा खाजामा प्रयोगमा ल्याएका छौ । यसले किसानपनि हौसिएका छन् । भने बालबालिकाको पोषण पनि सुधार हुदै छ । भने बजारको जंगफुड खाने बानीको अन्त्य हुदैँ छ । योनै अर्गानि दिवा खाजाको उपलब्धी हो ।
पालिका भरिका २९ वटै विद्यालयका करिव तीन हजार दुई सय विद्यार्थीहरुलाई लक्षित गरी उनिहरुको पोषण स्थितीमा सुधार ल्याउने र विद्यालयमा आर्कषित गर्ने गरी अनिवार्य दिवाखाजा अर्गानिक गरिएको प्रमुख प्रशासकिय अधिकृत तीर्थ बहादुर कठायतले बताए , उनका अनुसार पालिकाका किसानको आयस्तर पनि वृद्धि हुने अपेक्षा स्थानीय कृषि उपजमा आधारित विद्यालय दिवा खाजा कार्यक्रमले सामुदायिक विद्यालयमा विद्यार्थीको आर्कषण बढ्न थालेको हिमा शिखर माविका प्रधानाध्यापक धन बहादुर रोकायाले बताए ।
विगतमा प्राय विद्यार्थी भाग्ने गरेपनि अर्गानिक दिवाँ खाजा खुवाउने गरेपछि ढिलो सम्म कक्षामा बस्ने,नियमित विद्यालय आउने जस्ता बानीमा सुधार भएको पाइएको छ । सरकारले वर्षेनी दिवाँ खाजा खुवाउन १८० दिनका लागि प्रतिविद्यार्थी २० रुपैयका दरले बजेट दिने गरेको छ । अधिकांश विद्यालयले बजारमा पाईने वस्तु खुवाउने गरेका छन् ।
तर तातोपानीले विद्यालयमा बजारमा पाईने आयातित वस्तु निषेध गर्ने नीतिनै बनाएर अघि बढेको शिक्षा शाखा प्रमुख सुरत बहादुर शाहीले बताए ।
उनका अनुसार पालिकाले ६ वटा स्थानीय कृषि सहकारी र विद्यालय विच रैथाने खाद्यान्न खरिद गर्ने सम्झौता गरी नियमित अर्गानिक दिवा खाजा खुवाउने गरिएको छ ।
संघिय सरकारको आर्थिक वर्ष २०८१।०८२ को नीति तथा कार्यक्रममा तथा बजेटमा पनि साविक कर्णालीका सामुदायिक विद्यालयमा दिवाँ खाजा खुवाउन विशेष बजेट विनियोजन गरिएको छ । तातोपानीमा विगत ६ महिनादेखी विश्व खाद्य कार्यक्रमको सहयोगमा स्थानीय कृषिउपजमा आधारित विद्यालयमा अर्गानिक दिवा खाजा कार्यक्रम लागु भएको छ ।
विद्यालयमा दैनिक स्थानीय कृषि उत्पादनको प्रयोग गरि तयार गरिने खाजाको परिकारहरु ६ दिनको अलग अलग मेनु तयारी गर्ने,अनुगमन निरिक्षण गर्ने, मेनु तयारीबारे तालिम दिने लगायतका काम विश्व खाद्य कार्यक्रमले गरिरहेको छ । विद्यालयलाई खाद्यान्न भण्डारणका लागि भण्डारण बाकस पनि उपलब्ध गराइएको छ । दिवाँ खाजालाई थप व्यवस्थित गर्ने पालिकाको तयारी छ ।
कार्यक्रम सञ्चालन पश्चात स्थानीय कृषकहरुको उत्पादनलाई सिधै विद्यालयमा पुराउँदा आम्दानी हुनुका साथै बालबालिकाको पोषणमा सुधार भएको धौलिगाड कृषिसहकारी का अध्यक्ष कविता गौतमले बताईन् । नेपाल सरकारले दिवाखाजा कार्यक्रमलाई प्राथमिकतामा दिएको र वर्षेनी बजेट पनि आउने भएकोले जुम्लाका सबै स्थानीयतहले अर्गानिक दिवाँ खाजा खुवाउने विषयमा प्रथामिकता दिन जरुरी रहेको छ ।



