जुम्ला – सिंजा गाउँपालिका – १ देखि ६ वडामा आपतकालिन कार्य सञ्चालन केन्द्र स्थापना गर्ने निर्णय गरिएको छ । साउन १४ गतेसम्म सिंजाका सवै वडामा आपतकालिन कार्य सञ्चालन केन्द्र स्थापना गर्ने निर्णय गरिएको हो । आवश्यक सामग्री व्यवस्थापन गर्न गाउँपालिकासँग साँझेदारी सम्झौता गर्ने निर्णय भएको छ ।
कारीतास जर्मन, कारीतास नेपालको आर्थिक सहयोगमा साँझेदारी सहयोग केन्द्र (पेस नेपाल) जुम्लाद्वारा मानविय सहायता, विपद जोखिम न्यूनिकरण (उत्थान) परीयोजना सञ्चालित छ । सिजामा विपद् जोखिम न्यूनीकरण र जलवायु अनुकुलका मुख्य धारणालाई प्रभाव पार्नका लागि पालिका पदाधिकारीसँग समन्वय बैठकमा उपाध्यक्ष, वडाध्यक्ष, विपद शाखा प्रमुख, प्राबिधिक शाखा इन्जिनियर, स्वास्थ्य शाखा, बालबालिका शाखा, खाने पानी शाखा, शिक्षा शाखा प्रमुख र प्रहरी चौकी इन्चार्ज लगायतको उपस्थितिमा बैठक भएको हो ।
सवै वडामा गठन गरिएको कार्यदल विपद ब्यवस्थापन समितिलाई क्षमता विकास अभिमुखीकरण तालिम पनि सन्चालन गर्ने निर्णय भएको पेस नेपाल जुम्लाका परियोजना संयोजक हेमराज भट्टले बताए । उनले भने, विपद् सम्बन्धि कार्यक्रम सिजा गाउँपालिका र गैरसरकारी संघ सस्थासङग साँझेदारी सहकार्य गरेर योजना निर्माण गरी कार्यन्वयन गर्ने निर्णय भएको छ ।



