जुम्ला । कर्णाली राजमार्ग साँघुरिदैँ गएपछि यात्रामा जोखिम निम्तीएको छ । कर्णाली राजमार्ग अन्तरर्गत नाग्म स्थित जुम्ला–कालिकोट जोड्ने सिंजा खोला पक्की पूल निर्माणका क्रममा राजमार्ग साघुरिदैँ गएको हो ।
नाग्म बजार तर्फको स्याल्याब निर्माण गर्दा राजमार्गको जमिन कटान गरेपछि राजमार्ग साँघुरो हुदैँ गएको छ । निर्माणधिन पुल गतवर्ष अन्तिम समयमा चर्किएपछि पूलको पुनः निर्माण हुन केहि समय ढिला भएको थियो । साउन भदौको बाढीले जमिन कटान गर्दै जाँदा कर्णाली राजमार्गको ३ मिटर जत्तीमात्रै सडक बाँकी रहेको छ ।
निर्माण व्यवसायीले पूल निर्माण कार्यलाई अघि बढाएर भौतिक प्रगती ९३ प्रतिशत भएपनि जमिन कटान भएको क्षेत्रमा निर्माण कम्पन्नीले ग्यामिन पर्खाल निर्माण नगर्दा यात्रामा जोखिम बढेको छ । तर सडक डिभिजन सुर्खेत र सम्बन्धीत निर्माण कम्पन्नीले भने बेवास्ता गर्दै आएका छन् ।
वर्षा निरन्तर भईरहेकोले उक्त क्षेत्रको बाँकी जमिन पनि भासिने सम्भावना रहेको छ । उक्त क्षेत्र भासिएको खण्डमा जुम्ला,कालिकोट र मुगुको आवतजावत पूर्ण रुपमा ठप्प हुने सम्भवना रहेको छ । पूल निर्माण गर्दा भएको जनिम कटानलाई पुर्न निर्माण व्यवसायीले ग्यामिन पर्खाल निर्माण नगर्दा सडक साँघुरिएर यात्रानै जोखिमपूर्ण बनेको सडक डिभिजन जुम्लाका प्रमुख चेतन कुमार मण्डलले बताए ।

७ मिटर चौडा सडक हाल २.५० मिटर मात्रै चौडा बाँकी छ । सिंजा खोला पुलको दायाँ तर्फको भागमा स्याल्याब हाल्दा खनिएको भाग नदीले काट्दै लिएको रेटिङ समेत गरिएका ग्याविन पर्खालहरु भत्कीएकोले जतिबेला पनि सडक अबरुद्ध हुन सक्ने अबस्था रहेको प्रमुख मण्डलले उल्लेख गरे ।
उनले भने,‘राजमार्गको भाग अहिले साढे २ मिटर जत्ती बाँकी छ । नदीको बहाफ बढीरहेको । कुन दिन भाँसिने पत्तो छैन् । त्यस क्षेत्रमा ठुलै पहाड भएकोले अबरुद्ध भएको खण्डमा तत्काल सडक खुलाउन सक्ने स्थिती पनि छैन् । भविष्यमा हुन सक्ने जोखिमलाई मध्यनजर गरी तत्कालनै ग्यामिन पर्खाल लगाउन जरुरी छ । सडक भासिँएको खण्डमा तीन जिल्लाको आवतजावत पूर्ण रुपमा बन्द हुने छ ।’
निर्माण व्यवसायीले पूलको स्लाव ढलान काम सम्पन्न गरेपनि अन्य काम अधुरै छोडेको छ । जसका कारण राजमार्ग साँघुरिदै गएपछि नागरिकले गुनासो पोखेका छन् । नाग्ममा निर्माण भईरहेको सिंजाखोला पक्की पूल निर्माणको ठेक्का सुर्य कन्स्ट्रक्सन प्रा.ली सुर्खेतले लिएको छ । भने सडक डिभिजन सुर्खेत माताहत उक्त पूल निर्माण भईरहेको हो ।
सडक डिभिजन सुर्खेतका ईन्जिनियर अशोक चौधरीले स्याल्याब निर्माण गर्दा जमिन कटान भएको राजमार्गको भागमा तत्कालै ग्याविन पर्खाल निर्माण गर्न निर्माण व्यवसायीलाई लिखित र मौखिक रुपमा ताकेता दिएको बताए ।
उनले भने,‘राजमार्ग जुम्ला,कालिकोट र मुगुको जनजीवन संग जोडिएको छ । भविष्यमा हुन सक्ने समस्या आउनु भन्दा पहिलेनै ग्याविन हाल्न पटक पटक भनेका छौ । तर भुक्तानी नपाए सम्म काम नगर्ने निर्माण व्यवसायीको अडान छ । गत वर्ष पूल अन्तिम समयमा चर्किएपछि निर्माण कार्य केहि समय रोकिएको थियो । निर्माण कम्पन्नीले स्याल्याब हालेको बाहेक अन्य भुक्तानी पाएको छैन् । पूर्ननिर्माण गरिसकेपछि हाल एक करोड ५० लाख जत्तीको विल उठाएर भुक्तानी मागेको छ ।’

विल पठाएपनि अख्तियारी नआएको हुँदा छिटोमा भदौ सम्म मात्रै भुक्तानी दिईने छ । भने, । भुक्तानी पाउने वित्तिकै ग्यामिन पर्खाल हाल्ने निर्माण व्यवसायीले भनेको छ । तर छिटो गर्न हाम्रो दबाब जारीनै उनको भनाई छ ।
पूल चर्किएर भुक्तानी नपाउँदा निर्माण कम्पन्नी दोहोरो मारमा छ । तर आफ्नो संरचना बनाउँदा राजमार्गमा भएको क्षतिले भविष्यमा जोखिम निम्त्याउने सम्भवानालाई मध्यनजर गरी तत्कालनै बनाउनु पर्नेमा ईन्जिनियर चौधरीले जोड दिए ।
पटक पटक उक्त क्षेत्रमा ग्याविन पर्खाल बनाउन लिखित र मौखिक रुपमा ताकेता दिईसकेकोले भविष्यमा हुन सक्ने जोखिम बहन स्वयम निर्माण व्यवसायीले गर्नुपर्ने सडक डिभिजन सुर्खेतले जनाएको छ ।
यता पूल निर्माणको ठेक्का पाएको ‘सुर्य कन्स्ट्रक्सन प्रा.ली’ सुर्खेतले भने भुक्तानी नपाए सम्म कुनै काम अघि बढाउन नसक्ने बताउँदै आएको छ । उसले आफ्नो पहिलो प्रथामिकता पूल निर्माण गर्नु हो भनेर राजमार्गको जोखिमलाई नजरअन्दाज गर्दै आएको देखिन्छ ।
तत्तकालै उक्त क्षेत्रमा ग्यामिन पर्खाल निर्माण नभए महिनौ दिन सडक अबरुद्ध हुन सक्ने सडक डिभिजन जुम्लाको भनाई छ । कर्णाली राजमार्गमा मुगु,जुम्लाबाट कालिकोट,सुर्खेत,नेपालगन्ज र काठमान्डौ दैनिक सयौ साना ठुला मालबहाक तथा यात्रु बाहक सवारी गुड्छन् ।



