जुम्ला । जुम्लाको पातारासी गाउँपालिकाले ८१ प्रतिशत बजेट खर्च गरेको छ । गत आर्थिक वर्ष २०८०÷८१ मा विनियोजित कूल बजेट मध्य ८१.४४ प्रतिशत बजेट खर्च भएको हो । गत आवमा कूल ४४ करोड ८५ लाख ३३ हजार ५२ रुपैया विनियोजन गरेको पातारासीले असार मसान्तसम्म कूल बजेट मध्य ३६ करोड ५३ लाख ८७ हजार ९७९ रुपैया अर्थात ८१.४४ प्रतिशत बजेट खर्च गरेको छ ।
जसमा ८ करोड ३३ लाख बढी बजेट खर्च हुन नसकेर फिर्ता भएको छ । भने पुँजिगत तर्फ विनियोजित कूल १७ करोड ६५ लाख ७२ हजारमध्य १२ करोड ४२ लाख ३ हजार ७३७ अर्थात ७०.३४ प्रतिशत पुँजीगत खर्च भएको छ । चालू तर्फ विनियोजित २७ करोड २० लाख ६० हजार ९२९ रुपैया मध्य खर्च २४ करोड ११ लाख ८४ हजार १९२ अर्थात ८८.६५ प्रतिशत खर्च भएको वित्तिय प्रगती विवरणमा उल्लेख छ ।
पातारासीले पालिकाको भौगा्ेलिक विकटता र गाउँबस्तीको आबश्यकतालाई मध्यनजर गर्दै पातारासीले पूर्वाधार विकासलाई गति दिदै आएको छ । तर शिक्षा,स्वास्थ्य,रोजगारमा कमजोर देखिएको पातारासीले त्यस क्षेत्रमा भने अपेक्षित लगानी गर्न सकेको छैन् ।

आईतबार आयोजित पातारासीको आव २०८०÷८१ को सार्वजानिक सूनुवाईमा प्रस्तुत प्रगती विवरणनुसार गत आवमा पातारासीका ७ वटा वडामा २ सय ६४ वटा योजना सम्पन्न भएका छन् । वडाबाट माग भई आएका कृषि,शिक्षा,स्वास्थ्य,पर्यटन,खानेपानी,सिँचाई लगायतका क्षेत्रका २ सय ६४ वटा योजना सम्पन्न भएका हुन् ।
प्रगती विवरणनुसार गत आवमा कूल १२ करोड ३६ लाख ९० हजार ८२३ रुपैया खर्चेर सात वटा वडामा २ सय ६४ वटा योजना सम्पन्न भएको पातारासी गाउँपालिकाका योजना शाखा प्रमुख दान बहादुर शाहीले बताउनुभयो। वडामा विनियोजित कूल १३ करोड ९७ लाख ३५ हजार १५८ रुपैया मध्य खर्च १२ करोड ३६ लाख ९० हजार अर्थात ८८.४ प्रतिशत वित्तिय प्रगती भएको छ ।
पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले पालिकाको विकास,सुशासन तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन र नागरिकका गुनासा सुनूवाई गर्न नियमित सार्वजानिक सुनुवाई गर्दै आएको बताए । समुदायका माग र आबश्यकतालाइ जोड दिएर आगामी दिनमा विकासलाई अघि बढाइने उनको भनाइ छ ।

पातारासीकी उपाध्यक्ष जनमाया रोकायाले दुई वर्षको अवधिमा शिक्षा,स्वास्थ्य तथा सामाजिक शसक्तिकरणमा विशेष जोड दिएको बताए । उनले भने,‘कानुन बुझ्दै काम गर्दै छौ । अन्नभण्डार मानिने पातारासीलाई कृषिमा आत्मनिर्भर बनाउन ठोस नीति र बजेटमा पनि जोड दिएका छौ । समाज रुपान्तरणको बाधक बनेको बालविवाह र बेरोजगारी घटाउन उत्पादनमुलक क्षेत्रमा लगानी बढाईने छ ।’
प्रमुख प्रशासकिय अधिकृत लोक बहादुर रावलले पातारासीको समृद्धीका लागि सबै पालिकाबासीको रचनात्मक सल्लाह सुझावको अपेक्षा गरिएको बताए । उनले वार्षिक नीति तथा कार्यक्रमलाई वितरणमुखी तथा उत्पादनमुखी बनाउनु पर्ने उल्लेख गरे ।
कार्यक्रममा पातारासीका स्थानीयले पालिकाको सेवा प्रवाहमा सुधार,गुणस्तरीय विकास निर्माण,सुशासन तथा पारर्दशीतामा जोड दिनु पर्ने,राम्रा कामको निरन्तरता र सुधार गर्नुपर्ने पक्षमा गम्भीर बन्न सुझाव दिएका छन् ।



