जुम्ला । जुम्लाकाे पातारासी गाउँपालिका-६ स्थित उभुरकाेट क्षेत्रमा पर्ने गैडापातल सामुदायिवन वनमा बृहत्त वृक्षाराेपण गरिएकाे छ । केही महिना अघि आगलागी भएकाे उक्त वन ग साेमबार वृक्षाराेपण गरिएकाे हाे ।
साेमबार पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया राेकाया सहित स्थानीयकाे सहभागितामा झण्डै चार हजार बिरुवा राेपिएकाे छ ।
सामुदायिक वन उपभाेक्ता समितिका अध्यक्ष गिता बुढाले समग्र वन क्षेत्रलाई हराभरा बनाउन चार हजार बिरुवा राेपिएकाे बताईन् उनका अनुसार उभुरकाेट वन क्षेत्रमा गत बैशाख १३ गते आगलागी भएकाे थियाे । आगलागीबाट हजारौं बाेटबिरूवामा क्षति पुगेकाेले वन क्षेत्र हरियाली बनाउन ठुलाे मात्रामा वृक्षाराेपण गरिएकाे उनकाे भनाई छ ।
गैडापातल सामुदायिक वन उपभोक्ता समिति,नाैमुडे सामुदायिक वन उपभोक्ता समितिकाे आयाेजना र पातारासी गाउँपालिकाकाे सहयाेगमा वृक्षारोपण गरिएकाे हाे । समितिकै अगुवाइमा धार्मिक क्षेत्र नाैमुडे काँधमा पनि २ हजार ८ सय ८७ वटा बिरूवा राेपिएकाे छ ।

वृक्षराेपण पछि बाेल्दै पातारासी गाउँपालिकाकी उपाध्यक्ष जनमाया राेकायाले पातारासीकाे समृद्दि आधार वन क्षेत्र भएकाेले संरक्षण र विस्तार गर्न जरुरी रहेकाे बताईन् । वन जाेगाउन स्वयम समुदायनै अग्रसर भएकाे प्रति उनले खुसी व्यक्त गरिन् । वन क्षेत्रका संरक्षणका लागि स्थानीय सरकार सधै तयार रहेकाे उल्लेख गरिन् ।
साथै उपाध्यक्ष राेकायाले गैडापातल र नाैमुुडे सामुदायिक वन समितिकाे विकास,पदाधिकारीहरूकाे क्षमताका लागि एक/एक लाख रूपैयाँ सहयाेग गर्ने प्रतिबद्धता गरेकी छन् ।
हजाराैकाे संख्यमा बृक्षराेपण गरेपनि बिरुवा संरक्षणमा चुनाैती रहेकाे । वन संरक्षण भन्दा फडानी बढी गर्ने प्रवृत्ती अन्त्य गर्नु पर्नेमा उपाध्यक्षले उल्लेख गरिन् । पहिला वन क्षेत्रमै लामाे काम गरी अनुवभव हासिल गरेका गाउँपालिका अध्यक्ष हुदाँ पातारासीकाे सामुदायिक वनकाे व्यवस्थापनमा कमजाेर देखिएका छन ।



