जुम्ला । ताताेपानी गाउँपालिका वडा नं ३ स्थित ऐतिहासिक महत्व बाेकेकाे धार्मिक पर्यटकिय स्थल ‘बुदबुदी’ मा नयाँ मन्दिर सहितका पूर्वाधार निर्माण गरिएकाे छ । ताताेपानीकाे पवित्र तिर्थस्थलका रुपमा रहेकाे बुदबुदीकाे संरक्षण तथा प्रर्वद्दनका लागि घेराबार सहित नयाँ मन्दिर लगायतका पूर्वाधार निर्माण गरिएकाे हाे ।
बुदबुदिमा निर्माण गरिएका मन्दिर लगायत अन्य संरचनाकाे शुक्रबार विधिवत रुपमा उद्घाटन गरिएकाे छ । जिल्ला समन्वय समितिका प्रमुख गाैरीन्द आचार्यले मन्दिरकाे उद्घाटन गरेका हुन् ।

वडाले ऐतिहासिक धार्मिक पर्यटन स्थलकाे प्रर्वदन र संरक्षणका लागि पूर्वाधार निर्माण गर्नु स्वागतयाेग्य काम भएकाे बताए ।
ताताेपानी गाउँपालिका वडा नं ३ का वडाध्यक्ष गाेर्कण रावलले गत आवकाे २३ लाख बजेट लगानीमा बुदबुदिमा शुक्लेश्वर महादेवकाे नयाँ मन्दिर लगायत संरचना निर्माण गरेकाे बताए ।
उनका अनुसार २३ लाख लगानीमा मन्दिर,पक्की घेराबार,खानेपानी धारा,प्रतिक्षालय,शाैचालय,गेट लगायतका संरचना बनाईएकाे छ ।
हरेक पूर्णिमा उक्त क्षेत्रमा स्नान गर्नेहरुकाे भिड हुन्छ । विगतमा व्यवस्थित नहुँदा निकै समस्या थियाे । भक्तजनहरुकाे समस्यालाई मध्यनजर गरि बुदबुदिकाे संरक्षणका लागि नयाँ संरचना बनाईएकाे वडाध्यक्ष रावलले उल्लेख गरे।

उनले भने,’वडा नजिककाे सरकारकाे हाे । आश्यकता पहिचान गरि कृषि,पर्यटन,खानेपानी,धर्म सांस्कृति सबै क्षेत्रमा समान विकास गर्नु पर्छ । स्थानीयकाे माग पनि यही हाे । बुदबुदिलाई तातेपानीकाे प्रमुख पर्यटकिय गन्तव्य बनाउन लागि पर्छु । साेहिनुसार विकास पनि हुदैँ छ।’
बुदबुदिमा नयाँ मन्दिर सहित अन्य संरचना बनेर व्यवस्थित भएपछि ताताेपानीबासी उत्साहित भएका छन् । शुक्रबार मन्दिर उद्घाटनमा पनि स्थानीयकाे उत्साहजनक रुपमा सहभागिता थियाे ।
मन्दिरमा नियमित पुँजा आजा गर्ने गरि एकजना पुजारी राख्ने तयारी भईहरेकाे वडाध्यक्ष रावलकाे भनाई छ ।



