ताताेपानीमा बाल अधिकार सम्बन्धि अभिमुखीकरण


जुम्ला ।  तातोपानी गाउँपालिकामा बाल अधिकार सम्बन्धि सराेकारवाला संग अभिमुखीकरण गरिएकाे छ । मंगलबार ताताेपानीमा बाल अधिकारकाे संरक्षण,चुनाैती वर्तमान अबस्था बालबालिकामा लगानी लगायतका विषयमा छलफल गरिएकाे हाे ।

बाल अधिकार संरक्षण,बाल बालिकाकाे विकास एउटा पक्षले मात्रै सम्भव नभएकाेले पालिकाका कर्मचारी,जनप्रतिनिधि र  नागरिक समाज सबै जिम्मेवार हुनु पर्नेमा जाेड दिईएकाे थियाे ।
कर्मचारी र नागरिक समाजका पदाधिकारीलाई बालबालिका सम्बन्धि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी प्रावधान,बालबालिकाविरूद्व हुने हिंसा न्युनिकरणमा नागरिक समाजकाे भुमिका, बालबालिकामा विनियोजित बजेटबारे जानकारी दिने उद्देश्यले कार्यशाला सञ्चालन गरिएकाे थियाे ।

कार्यशालामा कार्यक्रमकाे उद्देश्यमाथि प्रेमरा सिम्खाडा र प्रकाश शाहीले प्रकाश पारेका थिए । बालबालिका सम्बन्धि राष्ट्रिय कानुनी प्रावधान,बालबालिका सम्बन्धि बनेका कार्यविधि तथा निर्देशिकाबारे जानकारी र समीक्षा तथा नागरिक समाज र स्थानीय तहमा नागरिकको भुमिकाबारे छलफल गरिएकाे हाे ।

तातोपानी गाउँपालिकाका उपाध्यक्ष रेवती रावलले नागरिक समाज र स्थानीय तहबीच समन्वय गरेर अघि बढ्नुपर्नेमा जाेड दिएकी थिइन्

प्रकाशित मिति : २०८१ साउन ३१ गते बुधवार
प्रतिक्रिया दिनुहोस