विपन्न बालिकालाई शैक्षिक सामग्री सहयोग

स्कूल पोशाक, झोला, एक सय वटा कापी, डट्पेन र सिसाकलमसहित ५० वटा गरी ८ हजार ८५० रुपियाँ बराबरको शैक्षिक सामग्री

जुम्ला – घरेलुहिंसा पीडित महिलाकी छोरीलाई (बालिका) शैक्षिक सामग्री सहयोग गरिएको छ । मानवअधिकारकर्मी तथा पत्रकार मानदत्त रावलको पहलमा बालिकालाई वर्ल्ड भिजन ईन्टरनेश्नल नेपालकाे आर्थिक सहयाेग र किर्डाक नेपालकाे साँझेदारीमा संचालित बालसंरक्षण तथा समुदायमा आधारित बाल स्पाेन्सर सीप परियाेजना अर्न्तगत शैक्षिक सामग्री सहयोग गरेको हो । बालिकालाई शैक्षिक सामग्री चन्दननाथ माध्यामिक विद्यालय जुम्लाका निमित्त प्रधानाध्यापक बविता रोकायाले हस्तान्तरण गरेकी हुन् ।
तिला गाउँपालिका–१ रारालिहिकी २७ वर्षीया सर्मा रावतकी छोरी १० वर्षीया आसिका बुढा खलंगास्थित चन्दननाथ माध्यामिक विद्यालयमा कक्षा २ मा अध्ययन गर्दै आएकी छन् । आसिकालाई विद्यालय जान स्कूल पोशाकदेखि स्टेसनरी सामग्री कापी, कलम र झोलाको निकै समस्या भएको थियो ।
शैक्षिक सामग्री नहुदा विपन्न बालिका आसिका विद्यालय जान सकेकी थिइनन्, स्थानीय विजय रावत भने । मानवअधिकारकर्मी तथा पत्रकार रावलले बालबालिकाको क्षेत्रमा काम गर्ने संस्था किर्डाक नेपाल जुम्लाका संयोजक दिपराज रावतसँग शैक्षिक सामग्रीका लागि पहल गरेका थिए ।
किर्डाक नेपाल जुम्लाले स्कूल पोशाक, झोला, एक सय वटा कापी, डट्पेन र सिसाकलमसहित ५० वटा गरी ८ हजार ८५० रुपियाँ बराबरको शैक्षिक सामग्री सहयोग गरिएको किर्डाक नेपाल जुम्लाका बाल संरक्षण अधिकृत श्रीराम थापाले बताए ।
आर्थिक अवस्था कमजोर भई कानुनी प्रकृयामा जान नसकेकी घरेलुहिंसा पीडित महिला रावतलाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतले वैशाख ३० गते आर्थिक सहयोग गरेको थियो ।
२८ वर्षीय पति हरिबहादुर बुढासँग ०६६ साल भदौ महिनामा विवाह भएको हो । एक छोरा र एक छोरी छन् । अहिले जुम्लाको सदरमुकाम खलंगास्थित चन्दननाथ नगरपालिका – ६ कोठाभाडामा १० वर्षीया छोरीसहित बस्दै आएको र पतिसँग सम्बन्ध विच्छेदका लागि जिल्ला अदालत जुम्लामा ०८० मङ्सिर ५ गते मुद्दा दर्ता भएको र मुद्दा फैसला भईसकेको रावतले बताइन् ।

प्रकाशित मिति : २०८१ भाद्र ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस