जुम्ला – नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा जुम्लाले निर्माण गरेको बिपद पुर्वतयारी तथा प्रतिकार्यका लागि आपतकालिन योजना अध्यावधिक गरेको छ । निर्माण गरिएको आपतकालिन योजनालाई जिल्ला बिपद पुर्वतयारी तथा प्रतिकार्य योजनामा समावेश र सहजीकरण गरिएको हो ।
स्वीस रेडक्रसको आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको सहभागितामा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाले शहरी पूर्वतयारी तथा आपत्कालिन प्रतिकार्य प्रवर्द्धन परियोजना सञ्चालन गर्दै आएको छ । सोही परियोजना अन्तर्गत आकस्मिक योजना निर्माण कार्यशाला सम्पन्न भएको नेपाल रेडक्रस सोसाइटी जुम्ला जिल्लाका कार्यवाहक सभापति जगदिश चौलागाईंले बताए ।
‘विपद जोखिम न्यूनिकरण पुर्वतयारी र प्रतिकार्यका लागि एकिकृत योजना तर्जुमा गरि दोहारो नपर्ने गरि पुव तयारी तथा प्रतिकार्यका गतिबिधिहरु संचालन गर्ने योजना छ,’ उनले भने, ‘नगद तथा भौचर सहायता सम्बन्धि एक दिवसीय अभिमुखीकरण कार्यक्रम गरेका छौं ।’

सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधि, शाखाका सदस्य, उपशाखाका सभापति, कोषाध्यक्ष लगायतका सदस्य रेडक्रस केन्द्रीय कार्यालयका वरिष्ठ लेखा अधिकृत मायानाथ बराल र सुपर परियोजनाका कर्मचारीको सहभागिता रहेको थियो ।



