जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थानपना भएको डेढ दशकपछि पहिलो पटक दीक्षान्त समारोह हुन लागेको छ । आगामी भदौ २३ गते दीक्षान्त समारोह लगायतका कार्यक्रम हुने मिति तयसंगै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले तयारीलाई तिव्रता दिएको छ । दीक्षान्त समारोह लगायतका अन्य कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली,स्वास्थ्य मन्त्री प्रदिप पौडेल जुम्ला आउने भएका छन् ।

दीक्षान्त समारोहको तयारी स्वरुप शनिवार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा सरसफाई गरिएको छ । प्रतिष्ठानका पदाधिकारीहरु सहित, सम्पूर्ण शिक्षक तथा चिकित्सकहरु, कर्मचारी, सेक्युरिटी एवम् हेल्परहरु सहित र सम्पूर्ण विद्यार्थीहरु सबै मिलेर सरसफाइ गरेका हुन् । प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलका अनुसार भाद्र २३ गते हुने कार्यक्रम स्वरूप प्रतिष्ठानमा सामुहिक रूपमा सरसफाइ गरिएको हो ।
दीक्षान्त समारोहको पुर्वसन्ध्यामा भाद्र १६ देखि २१ सम्म अन्तर मेडिकल कलेज खेलकुद सप्ताह हुन लागेको जानकारी दिए । सो अवसरमा प्रतिष्ठानको सिनेट बैठकसमेत बस्ने कार्यक्रम तय भएको छ ।



