जुम्लामा अबैध हतियार सहित एक जना पक्राउ,चाेरी भएकाे माेटरसाईकल बरामद

जुम्ला । जुम्लामा अवैध हतियार सहित एक जनालाई पक्राउ गरिएकाे छ  । अवैध रुपमा हात हतियार सहित एक जनालाई पक्राउ गरिएकाे हाे ।

जिल्ला प्रहरी कार्यालय जुम्लाले आईतबार पत्रकार सम्मेलन गरेर उक्त घटनाबारे सार्वजानिक गरेकाे हाे ।
शनिवार साझ ६ बजे बजेको समयमा गुठिचौर गाउँपालिका वडा नं.१ घर भई हाल पातारासी गाउँपालिका वडा नं. ०५ लासी बाजर स्थित मोटर साईकल ग्यारेज गरी बस्ने बर्ष अन्दाजी ३२ वर्षिय सुर्य वहादुर महताराले अबैध हातहतियार लुकाई छिपाई राखेको छ भन्ने गोप्य सुचनाको आधारमा एकनाले बरुवा बन्दुक सहित महतारालाई नियन्त्रणमा लिईएकाे हाे ।

गुठिचौर गाउँपालिका वडा नं. ०१ मौरे लेक स्थित जुम्ला देखि डोल्पा जाने कच्चि सडक खण्डको अन्दाजी ५० मिटर तल पश्चिम तर्फको भिरालो जमिनको ढुङ्गाको ओढार भित्र हरियो प्लाष्टिकमा सेतो प्लाष्टिको बोरा भित्र लुकाई छिपाई तीन भाग अलग अलग टुक्रा पारी राखेको अवस्थामा भरुवा बन्दुक जस्तो देखिने फोल्ड गर्न मिल्ने एक नाले थान १ र उक्त हतियार लुकाई राखेको भेटिएकाे थियाे ।

बन्दुक भएकै स्थानमा सुर्य बहादुर महताराको उपस्थित र सामुने प्रहरी टोलीले बरामद गरी निज सुर्य बहादुर महतारालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भई रहेको डिएसपी छेदिलाल कामतीले बताए । उनका अनुसार गत एक महिनादेखी अवैध हतियार बारे निगरानी राखिएकाे थियाे । खाेज तलासलाई निरन्तरता दिँदा उक्त हतियार भेटिएकाे हाे ।

चोरी भएको माेटरसाईकल बरामद

जिल्ला प्रहरी कार्यालयले चाेरी भएकाे माेटरसाईकल बरामद गरेकाे छ । भदाै ४ गते रातीको समयमा जिल्ला तातोपानी गाउँपालिका वडा न. ३ का वडा अध्यक्ष गोकर्ण रालले आफ्नै घर आगनमा पार्कीङ गरी राखेको क.प.०१-००१ब ०३७९ न. को १५० C.C. माेटर साईकल चाेरी भएकाे थियाे ।

चाेरी भएकाे विषयमा जिप्रकामा उजुरी आएसंगै खटिएकाे प्रहरी टाेलीले  विभिन्न ठाउंहरुमा चेक पोइन्ट समेत कडाईका साथ खाेजतलास गर्दा  भदाै ५ गते गबिहानै ७:०० बजे तिला गा.पा वडा नं. ०३ स्थित धन बहादुर खत्रीको खाली घर अगाडी बेवारिसे अवस्थामा फेला परेकाे डिएसपी कामतीले जानकारी दिए ।

वडा अध्यक्ष गोकर्ण रावललाई सम्पर्क गरी उक्त माेटरसाईकल बुझाईएकाे छ । चोरी गर्ने व्यक्तिहरुको खोजी तथा अन्य अनुसन्धान भई रहेको प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : २०८१ भाद्र १० गते आइतवार
प्रतिक्रिया दिनुहोस