जुम्ला । नेकपा माओवादी केन्द्र निकट अखिल(क्रान्तिकारी) जुम्ला जिल्लाको १३औं जिल्ला सम्मेलन सुरू भएको छ ।
संविधान कार्यान्वयनका लागि विद्यार्थी आन्दोलन,सुदृढ संगठन निर्माणको लागि १३ औं जिल्ला सम्मेलन ञभन्ने मुल नाराका साथ सम्मेलन जिल्लाको सिंजा गाउँपालिकाको नराकोटमा सुरू भएको हो ।
सम्मेलनको अखिल(क्रान्तिकारी)का केन्द्रीय उपाध्यक्ष तथा प्रमुख अतिथि अमरराज शाहीले सम्मेलनको उद्घाटन गरे ।
यहीँ भदौ १२ र १३ गतेसम्म सञ्चालन हुनेछ । सम्मेलनबाट नयाँ नेतृत्व चयन हुनेछ । सम्मेलनमा जिल्लाका आठवटै स्थानीय तहबाट विद्यार्थीहरूको सहभागिता छ ।
प्रकाशित मिति : २०८१ भाद्र १३ गते बुधवार



