जुम्ला । अविरल वर्षापछि आएको बाढी पहिरोले पाँचदेखी कर्णाली राजमार्ग अबरुद्ध छ । राजमार्ग अन्तरर्गत एसमोड,गगनेखोला,दैखोला लगायतका स्थानमा ठुलो बाढी पहिरो आउँदा पाँचदिन देखी यातायात पूर्ण रुपमा ठप्प भएको छ ।
पाँचदिन देखी सडक पूर्ण रुपमा अबरुद्ध भएपछि स्याउ किसान र व्यापारी सबैभन्दा बढी मारमा परेका छन् । ६ दर्जनबढी कारोडौका स्याउ बोकेका ट्रक कालिकोटको ताडी र जिते बजारमा थन्कीएका छन् ।
सडक डिभिजन जुम्लाको कार्यक्षेत्र मान्मदेखी दैखोला सम्म सडक संचालनमा आयो भनिएपनि स्याउका ट्रक जाने अबस्था छैन् । गगनेखोलामा अझै पहिरोको जोखिम छ । मान्मदेखी दैखोला सम्म मोटरसाईकल बाहेक अन्य सवारी जान मुस्किल छ ।
त्यस्तै बाढीले दैखोलाको पक्की पूलनै बगाएको छ । उक्त पूल देखी सुर्खेत तर्फ सडक डिभिजन सुर्खेतको कार्यक्षेत्रमा पर्छ । सडक डिभिजन सुर्खेतले अझै दैखोलाको पहिरो पन्छाउन नसक्दा सडक कहिले खुल्ने अनिश्चित बनेको छ ।
पाँचदिनदेखी सडक अबरुद्ध भएको र खुल्ने विषय अझै अनिश्चित भएपछि जुम्लाबाट स्याउ लिएर गएका किसान तथा व्यापारीले छिटो भन्दा छिटो सडक संचालन गर्न र स्याउका गाडीलाई प्रथामिकता दिन राज्यसंग गुहार गरेका छन् ।
गाडीमा लोड गरिएका स्याउ कुहिन थालेपछि किसान र व्यापारीले सडक खुल्ने वित्तिकै स्याउका गाडीलाई पठाउन पहिलो प्रथामिकता दिनु पर्ने माग सहित आईतबार कालिकोटका प्रमुख जिल्ला अधिकारीलाई अनुरोधपत्र बुझाएका छन् ।
किसान बल बहादुर रोकायाले स्याउ कुहिन थालेको र सडक खुल्ने बित्तिकै पहिलो प्रथामिकताका साथ स्याउका गाडी पठाउन राज्यले विशेष व्यवस्थापन गर्न सिडिओलाई अनुरोध पत्र दिइएको बताए ।
उनले भने,‘मान्मदेखी दैखोला सडक खोलियो भनेपनि गाडी गुड्ने अबस्था छैन् । सडकलाई भरपर्दो बनाउन जरुरी छ । दैखोलादेखी सुर्खेतको खण्डमा पनि पहिरो पन्छाईदै छ । सडक खुल्ने वित्तिकै स्याउ लिन पाउनु पर्ने हाम्रो माग छ । नत्र करोडौका स्याउ कहिएर खेर जाने निश्चित छ ।’
कर्णाली राजमार्ग पूर्ण रुपमा संचालन नभएपनि मध्यपहाडी लोकमार्ग हुदैँ अछामबाट धनगडी स्याउ पुराउन सकिने भएकोले दैखोलाको पहिरो छिटो पन्छाउन समेत माग गरेका छन् ।
पाँचदेखि देखी कालिकोट क्षेत्रमा जुम्लाबाट गएका स्याउ बोकेका ७० भन्दा बढी ट्रक थन्कीएका छन् । सडक अबरुद्ध भएपछि लोड गरिएका केहि ट्रक जुम्लामै रोकिएका छन् । भने एक गाडीमा कम्तीमा पनि ५ सय कार्टुन स्याउ लोड गरिएको छ ।




