चारदिन देखी अबरुद्द कर्णाली राजमार्ग खुल्याे,स्याउका गाडीलाई प्रथामिकता दिएर पठाईयाे

जुम्ला । चारदिन देखि अरुद्द कर्णाली राजमार्ग खुलेकाे छ । अविरल वर्षाका कारण गत भदाै १२ गतेदेखी अबरुद्द कर्णाली राजमार्ग आईतबार दिउँसाे साढे २ बजे खुलेकाे हाे ।

गगने खाेला र दहिखाेलाकाे पहिराेपन्छाए संगै सडक खुलेकाे छ । सडक खुले संगै ताडीमा राेकिएका स्याउका ट्रकलाई पहिलाे प्रथामिकता दिएर पठाईएकाे छ ।

आईतबार विहान कालिकाेटका प्रमुख जिल्ला अधिकारीलाई अनुराेध गरेनुसार सडक खुल्ने बित्तिकै ताडीमा राेकिएका स्याउ बाेकेका ट्रकलाई पहिला पठाईएकाे किसान बल बहादुर राेकायाले कर्णाली मिसनलाई जानकारी दिए ।

उनका अनुसार अहिले ताडीमा राेकिएका सबै गाडी अगाडि गई सकेका छन् । दैखाेला र गगने खाेलाकाे पहिराे पन्छिएकाे छ ।

सडक खुल्न ढिला हुने सबै स्याउ कुहिएर खेर जाने चिन्तामा किसान थिए । तर चार दिनपछि सडक खुलेर स्याउका गाडी सुर्खेत नेपालगन्ज तर्फ गएपनि ठुलाे मात्रामा स्याउ कुहिने सम्भावना छ ।

प्रकाशित मिति : २०८१ भाद्र १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस