मुगुमा बोलेरो जिप दुर्घटना हुँदा एकजनाको मृत्यु

मुगुको सोरु गाउँपालिका– ६ बन्जाँहामा बोलेरो जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। बुधबार बिहान जिप दुर्घटना भएको हो।

सोरुकोटदेखि गमगढी बजारतर्फ आउँदै गरेको  ग.१ज ६४६७ नम्बरको बोलेरो जिप सडकको मोडमा ब्याक गर्ने क्रममा करिब १०० मिटर तल खस्दा गाडीमा सवार दुईमध्ये जिपचालक सोरु– ३ भिईगाउँका नरबहादुर बुमीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए। उनी जिपधनीसमेत हुन्।

इलाका प्रहरी चौकी सोरुकोटका अनुसार उक्त जिपको सहचालक जिप ब्याक गर्दा बाहिर निस्केका थिए। तर, जिप सडकको तल खसेपछि प्रहरीलाई खबर गर्न भन्दै हिँडेका उनी फरार रहेकाे बताइएको छ। उनको परिचय खुलेको छैन।

प्रकाशित मिति : २०८१ भाद्र २० गते बुधवार
प्रतिक्रिया दिनुहोस